हजारौँ प्रतिस्पर्धीबाट नेपाल आइडलले आफ्नो टप ४ प्रतिस्पर्धी पाएको छ। नेपाल आइडलका टप ४ प्रतियोगी हुन् – विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र रवि ओड। नेपाल आइडलको फिनाले पौष ६ गते हुनेछ। यिनै चारबाट अर्को साता नेपाल आइडलको विजेता घोषणा गरिनेछ।
काठमाडौँ अडिसनमा गोल्डेन माइक जितेर सिधै गाला राउण्डमा पुगेका सुमितको स्वरमा गीत सार्वजनिक भएको छ। चलचित्र ‘अमेरिका बोइज’मा समावेश गरिएको गीत ‘आमा’ आइतबार सार्वजनिक भएको हो। गीतमा शब्द र सङ्गीत जयन जे बाइवाको रहेको छ। हेर्नुस् भिडियो।
Post a Comment