केहि समय अगाडी ट्याटुको कारण विवादमा परेकी साम्राज्ञी प्रेम सम्बन्धको कारण पनि चर्चामा हुने गर्छिन्। पछिल्लो पटक उनी उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाका छोरा देवांश राणासँग प्रेम सम्बन्धमा रहेको बताउने गरिन्छ।
जन्मदिन मनाउन देवांशको घर पुगेकी साम्रज्ञीले देवांशलाई चुम्बन गरेको तस्विर बाहिरिए पछि यी दुई बीच प्रेम रहेको पुष्टि भएको मान्न सकिन्छ। जन्मदिन मनाउने क्रममा साम्रज्ञीले मदिराको तालमा देवांशसँग चुम्बन गरेको तस्विर बाहिरिएको छ।
विभिन्न ठाउँहरुमा यी दुईलाई धेरै पटक सँगै-सँगै देखिने गरेको छ। फिल्मका घोषणा र अन्य कार्यक्रममा साम्रज्ञी देवांशसँग देखिने थालेपछि यी दुई बीच प्रेम सम्बन्ध रहेको हुन सक्ने अड्कल-बाजी हुने गरेको थियो।
विभिन्न कार्यक्रममा साम्रज्ञी आफ्नो आमा नेहा राज्यलक्ष्मीलाई लिएर हिँड्ने गरेकी थिइन्। तर अहिले साम्रज्ञी देवांशसँग देखिने गर्छिन्। पछिल्लो पटक फिल्म मारुनीको घोषणा कार्यक्रममा साम्राज्ञी देवांशसँग देखिएकी थिइन्।
Post a Comment