Latest Updates :

मृत्यु पर्खदै यी १२ बर्षीय चेपांग बालक,बचाउन सहयोग गरिदिनुहुन् आमाले गरिन रुदै आग्रह(भिडियोसहित)


SHARE THIS POST :
 गरिब परिवारमा जन्मिएका आमुल चेपाङ्ग यतिबेला जीवन र मृत्युसँग लडिरहेका छन्। भर्खरै १२ वर्षमा प्रवेश गरेका आमुल चेपाङ्गको खेल्ने, हास्ने,पढ्ने रमाउने रहर खोसिएको छ । उनलाई यस्तो कलिलो उमेरमा ब्लड क्यान्सरजस्तो प्राणघातक रोग लागेको छ। चितवन राप्ति नगरपालिका ८ माअबस्थित एउटा सानो ब्लकको टहरामा उनी आफ्नी आमा माया चेपाङ्गसँग बस्छन।

उनकी आमालाई दैनिक छाक टार्न त मुस्किल भएको बेलामा अब आफ्नो छोरालाई कसरी बचाउने भनेर चिन्ताले खाएको छ। उनको घरको अबस्था निकै दयानीय छ। उनीहरु बसेको सानो घरपनि उनीहरुको आफ्नो होइन। आफ्नो थलो समेत नभएको माया चेपाङ्ग बेडमा छटपटाईरहेको छोरालाई टुलुटुलु हेरेर बस्न बाध्य छिन्। आइती मायालाई छोराको यस्तो अबस्था देख्दा निकै पिरोलछ। कक्षा ४मा पढिरहेका उनको छोरा एकाएक थला परे। अस्पताल जाँच गराउनका लागि पनि गाउमा चन्दा उठाएर लागेका थिए। अस्पतालको रिपोर्टबाट थाहा भयो बालकलाई यस्तो भयानक रोग लागेको रहेछ। बुढेसकालको साहरालाई नै यस्तो दर्दनाक रोग लागेपछि आमा छाँगाबाट खसे जस्तै भएकी छिन।

उनले ऋण गरेर छोराको उपचार गरिन तर त्यतिले पुगेन। त्यसपछि छिमेकी र केहि अभियानकर्ताहरुले पनि सकेको सहयोग गरिरहेका छन्। तर उपचार खर्च नै यति महँगो हुन्छकी जुन मायाजस्ता विपन्न परिवारको लागि त्यति रकम जुटाउन सम्भब हुदैन।

थोपा थोपा मिलेर समुन्द्र बन्छ ‘ भने जस्तै तपाईहरुको सानो सहयोग यी १२ वर्षीय कलिलो उमेरको बालकले पुन जीवन पाउने छन।त्यसैले सबैले सकेको सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger