Latest Updates :

वीरगन्जमा डरलाग्दो खबर : प्रहरी सहित 4 घाइते


SHARE THIS POST :
 प्रधानाध्यापकको सरुवाको विषयलाई लिएर वीरगन्जमा गत शुक्रबारदेखि चलिरहेको विद्यार्थीको आन्दोलन बुधबार देखि झनै चर्किएको छ। प्रधानाध्यापकको सरुवाबाट असन्तुष्ट माइस्थान विद्यापिठ माविका विद्यार्थीले वीरगन्जमा बुधबार पनि प्रदर्शन गरेका छन्। प्रदर्शनकारी विद्यार्थीले ढुङगामुढा गर्दै तोडफोडमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेको छ।

उग्र बनेको प्रदर्शनलाई प्रहरीले बल प्रयोग गरेर रोक्ने प्रयास गर्दा आक्रोशीत विद्यार्थीले प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपमा प्रहरीको लाठी चार्जबाट चारजना विद्यार्थी घाइते भएका छन्। यस्तै विद्यार्थी ढुंगा प्रहारबाट एकजना प्रहरी पनि घाइते भएका छन्।

झडपमा माइस्थान विधापिठ माविको कक्षा १० मा अध्ययनरत सोनु सिंह, रोहित चौरसीया , नितेश यादव र राहुल सिंह तथा प्रहरी जवान मुकेश यादव घाइते भएका हुन्। उनीहरु सबैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ।

वीरगन्ज महानगरपालिकाले प्रधानाध्यापक विनोद मेहताको पूर्वाग्रही ढंगले सरुवा गरेको आरोप लगाउँदै गत शुक्रबारदेखि सडक प्रदर्शनमा उत्रिएका माइस्थान विद्यापिठ माविका विद्यार्थीले बुधबार पनि बिहान साढे ८ बजे देखि नै सडकमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

लठ्ठी र भाठा बोकर विधालय पोशाकमै सडकमा उत्रिएका विद्यार्थीले बिहान आफ्नै विद्यालयको गेटमा समेत तोडफोड गरेका छन् । त्यसपछि महानगरपालिकाको कार्यालयमा जाने क्रममा प्रहरीले बाटोमै रोकेपछि प्रदर्शनकारी विद्यार्थीले हरिखेतान बहुमुखी क्याम्पसमा पुगेर तोडफोड गर्ने प्रयास गर्दा प्रहरीले रोक्ने क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको थियो।

घण्टाघर चोकमा बिहान भएको प्रदर्शनमा विद्यार्थीलाई उक्साएको भन्दै नेपाल विद्यार्थी संघ पर्साका सभापति विश्वास द्धिवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ द्धिवेदीलाई प्रहरीले पक्राउ गरेपछि आक्रोशीत विद्यार्थीले प्रदर्शनलाई थप उग्र बनाएपछि प्रहरीले द्धिवेदीलाई रिहा गरेको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger