मेलम्ची खानेपानी आयोजनाको काम गरीरहेको इटालियन ठेकेदार कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टी सिएमसीडी रभिनाका (सीएमसी)ले यसअघिको ३० करोड भुक्तानी तिर्दा ५ करोड कमिशन दिएको खुलेको छ ।
मन्त्री मगरले ५ करोड कमिसन मागेपछि सीएमसी भागेको खुलासा भएको छ । मन्त्री मगर नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी पनि हुन । तत्कालीन आयोजना प्रमुख घनश्याम भट्टराई हुँदा सीएमसीको रकम भुक्तानीका क्रममा ५ करोड रूपियाँ कमिशन दिइएको थियो ।
भट्टराई नेपाल कम्युनिस्ट पार्टी निकट सहसचिव हुन् । मेलम्ची आयोजनापछि उनले काठमाडौं खानेपानी लिमिटेडको प्रमूख कार्यकारीको जिम्मेवारी सम्हालेका थिए ।
स्रोतका अनुसार ठेकेदार कम्पनीलाई जो आयोजना प्रमूख बने पनि कमिशनबिना विल पास नगर्ने प्रवित्तिका कारण सुरु भएको २६ बर्षसम्म पनि मेलम्ची काठमाडौं आउन नसकेको हो । अहिले, आयोजना प्रमूख सूर्य कँडेल र सचिव गजेन्द्र ठाकुरले पनि भुक्तानी दिनका लागि कमिशन रकम मागेपछि सीएमसीले एकतर्फी रूपमा काम छाडेको पत्र पठाएको थियो ।
आयोजनासँग भएको सम्झौताको बुँदा नम्बर १६.२ अनुसार सीएमसीले एकतर्फी रूपमा काम छाडेको पत्र आयोजना, मन्त्रालयमा पठाएपछि प्रशासनको गलत प्रयोग गरी उसका प्रतिनिधिको राहदानी जफतसहित पक्राउ गरिएको थियो । तर, भोलीपल्ट फिर्ता लिएर मन्त्रालयमा छलफलमा डाकिएको थियो । उसका प्रतिनिधि अहिले इटाली फर्किसकेका छन् ।
सीएमसीले भएको सहमतिअनुसार खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयले इमान्दारीता नदेखाए काम नगर्ने भएको छ ।
Post a Comment