Latest Updates :

लागुऔषध सहित पक्राउ परेका ३ जनालाई कैलाली प्रहरीद्बारा सार्वजनिक


SHARE THIS POST :
 कैलालीको गोदावरी नगरपालीका- २ अत्तरीयाबाट लागुऔषध खैरो हिरोइन सहित शनिबार पक्राउ परेका २ जना लाई जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार सार्वजनिक गरेको छ ।

लागुऔषध ब्युरो कञ्चनपुरबाट सादा पोसकमा खटिएको प्रहरी टोलीले विषेश सुचनाको आधारमा घोडाघोडी नगरपालीका- ५ का १९ वर्षिय मनोज विष्ट र सोही ठाउँका २३ वर्षीय गोपाल बमलाई पक्राउ गरेको हो । उनिहरु ७ ग्राम खैरो हिरोइन सहित शनिबार पक्राउ परेका थिए ।

यस्तै प्रहरीले नाईट्रोभेट र स्पास्मोप्रोक्सीभन नामक लागुऔषध ६४६ टयाब्लेट सहित एकजनालाई धनगढी बाट मंसिर ३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका वडा नं १ बस्ने ३७ वर्षीया नरबहादुर ऐर रहेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको हो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger