प्रहरीको प्रारम्भिक अनुसन्धानवाट उनको नाम रञ्जना विष्ठ रहेहो र उनी अछामवाट आएको देखिएको छ । नेपाली सेनामा जागीर खाने तयारीमा रहेकी विष्ठको हत्या वा आत्महत्या के हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी शनिवार दिउसो होटलमा बस्न आएको र उनले आफ्नो नाम शुसिला रावल वताएको होटल संचालकले जनाएका छन् । शनिवार बस्न आएकी युवतीले आइतवार दिउसो १२ वजे पनि कोठा नछोडेपछि होटल संचालक बुझ्न जाँदा उनलाई मृत देखेको होटल सञ्चालकको भनाई
छ ।
प्रहरीले उनी झुण्डिएको कोठा खोलेर हेर्दा एउटा मोवाइल फेला परेको छ । जुन मोवाइल तीन टुक्रा परेको अवस्थामा देखिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
Post a Comment