Latest Updates :

माइक्रोको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु


SHARE THIS POST :
गल्कोपाखाबाट गोंगबुतर्फ जाँदै गरेको बा १ ज ८४५९ नम्बरको माइक्रोबसले ठक्कर दिँदा झापाको केचनाकवल ३ घर भई हाल गोंगबु बस्दै आएकी ३ वर्षीया जिया यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सडक पार गर्ने क्रममा माइक्रोले ठक्कर दिएर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।माइक्रोबस र चालक बालाजु बस्ने ३४ वर्षीय सुजन महर्जनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ

रौतहट — झण्डै दई महिना प्रहरी हिरासतमा रहेका सीके राउतलाई बिहीबार जिल्ला अदालत गौरले पुर्पक्षको लागि कारागार राख्ने आदेश दिएको छ । सांगठानिक आपराध गरेको आरोपमा उनलाई कारागार राख्ने आदेश गरेको हो । अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल ईजलासले राउतलाई पुर्पक्षका लागि कारागार राख्ने आदेश गरेको हो । यसअघि राउतका आफन्तले दिएको बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।गएको असोज २१ गते गौर अदालतमा नियमित तारेख लिन आएका राउतलाई जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालको निर्देशनमा पक्राउ गरिएको थियो । त्यसपछि उनीविरुद्ध सांगठानिक आपराधको मुद्दा दर्ता गरिएको हो । त्यसअघि बिभिन्न जिल्लाहरुमा राज्य बिरुद्धको पराधमा उनलाई पक्रेर मुद्दा चलाइए पनि छुटेका थिए । राउतले स्वतन्त्र र छुट्टै मधेशको वकालत गर्दै आएका थिए ।एसपी ढकालले भने, ‘राउतका समर्थकहरुले राज्य विरुद्धको काम गरेको देखियो । उनी एक्लै राज्यविरुद्ध यसरी लाग्न सक्दैनन् । त्यसैले सांगठनिक आपराधको मुद्दा चलाएका हौ ।’ उनी पक्राउ परेलगत्तै समर्थकहरुले प्रहरी कार्यालय अगाडि नाराबाजी र धर्ना दिएका थिए । त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही समान्य घाइते भए

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger