Latest Updates :

श्रृङ्खलाको सपनाः नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने ! के भन्छन् क्लासमेटहरु ? (भिडियो रिपोर्ट)


SHARE THIS POST :
विश्वभरका १ सय २१ प्रतिस्पर्धीलाई पछि पार्दै मिस वल्र्डको फाइनलमा पुग्न सफलः नेपाली चेली श्रङ्खला खतिवडाको सर्वत्र चर्चा छ । श्रृङ्खलाको सफलतालाई धेरैले देशको सफलता मानेका छन् ।

श्रृङ्खलाको सफलतामा उनको परिवार, आफन्त, फ्यान, फलोअर्ससँगै अधिकांश नेपाली खुसी छन् र श्रृङ्खला मिस वल्र्ड भएको हेर्न आतुर छन् । आफ्नो देशलाई विश्वमाझ चिनाउने गरी मिस वल्र्डमा प्रतिस्पर्धा गरिरहेकी नेपाली चेली श्रृङखला खतिवडाले प्रस्तुत गरेको भिडियो हो, यो । अहिले मिस वल्र्ड प्रतिस्पर्धी श्रृङ्खलासँगै उनले आफ्नो परिचयमा देशको परिचय घोलेर प्रस्तुत गरेको भिडियो निकै चर्चित छ ।

हो, नेपाली चेली श्रृङखला खतिवडा अहिले मिस वल्र्डका लागि प्रतिस्पर्धा गरिरहेकी छन् । चीनको सान्या सहरमा भइरहेको मिस वल्र्ड प्रतिस्पर्धामा सहभागी विश्वका एक सय २१ सुन्दरीमध्ये श्रृङ्खला अन्तिम ३० मा पुग्न सफल भएकी छन् । र, बाँकी प्रतिस्पधीलाई उछिन्दै मिस वल्र्डको ताज पहिरने तयारीमा छिन्, उनी ।

उनले सन् २०१८ मा मिस नेपाल वल्र्डको ताज पहिरिदिएकी थिइन् । मिस नेपालका २५ प्रतिस्पर्धीलाई पछि पार्दै श्रृङ्खलाले मिस वल्र्डको यात्रा तय गरेकी थिइन् ।

मिस वल्र्डकी दावेदार श्रृङ्खला खतिवडाको पुख्र्यौली घर मकवानपुरको हेटौँडा हो । श्रृङ्खलाका बुवा प्रतिनिधिसभा सदस्य बिरोध खतिवडा हुन् भने आमा प्रदेश नम्बर ३ की प्रदेश सांसद मुनु सिग्देल हुन् ।

हेटौँडा एकेडेमीबाट प्रवेशिका उतीर्ण गरेकी श्रृङ्खलाले गोल्डनगेट इन्टरनेशनल कलेजबाट उच्च शिक्षा हासिल गरेकी हुन् । कविता लेख्नमा निकै रुचि राख्ने उनको सपना भने नेपालको प्रथम महिला प्रधानमन्त्री बन्ने छ । सन् २०१८मा मिस नेपाल वल्र्ड बनेपछि उनले मिस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएकी हुन् ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger