Latest Updates :

बस दुर्घटना अघि आमासँगै काखमा बसेका नबिन बाँचे: आमाले गुमाइन् ज्यान, आमा खोज्दै नबिन (भिडियो)


SHARE THIS POST :
बौद्धकी समिक्षा प्रसाईंले दुर्घटनामा आमा गुमाएका नबिन बिकलाई सहयोग गरेकी छन् । उनले नबिन उपचारत अस्पतालमै पुगेर सहयोग गरेकी हुन् । टाउको र हातमा चोट लागेपछि नबिन बिकको अहिले उपचार भइरहेको छ । केहि दिन पहिला डडेल्धुरामा भएको सवारी दुर्घटनामा परी उनको आमाको निधन भएको थियो । डोडीका नबिनका बुबाले सानै उमेरमा छोडेर गएका थिए । उनका बुबा अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् ।

नबिनलाई सकेको सहयोग गर्न पाउँदा आफुलाई निकै खुसी लागेको समिक्षाले बताएकी छन् । उनले अब आफ्ना आफन्ता र साथीहरुलाई पनि सहयोगको लागि आह्वान गर्ने बताएकी छन् ।

१० जोड दुईको अध्ययन सकाएकी समिक्षाले आगामी दिनमा पनि नबिनको लागि सहयोगको वातावरण बनाउँदै जाने बताईन् । सहयोग गरी नबिनको उद्धार गरिदिन उनले देश विदेशमा रहेका सबै नेपालीसँग पनि आग्रह गरेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger