Latest Updates :

१ बर्ष देखि काठमाडौको सडक, फिल्म हल, गाडीहरुमा सारंगी बजाउंदै माग्दै हिड्ने स्कुल जान थाले | (भिडियो सहित)


SHARE THIS POST :
सुस्त मनस्थिति भएका आमाबुवा पाल्न र ९ बर्षका भाईलाई पढाउन भनेर सारंगी बोकेर दांगबाट काठमाडौंमा आएका जनक आज स्कुलमा साथीसंग रमाईरहेका छन् । मलाई अझै याद उनले मसंगको पहलो अन्तर्वार्तामा भनेका थिए, मलाई अरु बच्चाहरुले झोला बोकेर स्कुल जांदा रुन मन लाग्छ ।

हेर्नुस त, तपाई हामी सबैले हातेमालो गर्नाले १ बर्ष देखि काठमाडौको सडकमा, फिल्म हलमा, गाडीहरुमा सारंगी बजाउंदै परिवार र आफ्नो पेट पालिरहेका १३ बर्षका जनक आज स्कुलमा पढ्दैछन् । यस्ता धेरै बालबालिका छन् नेपालका कुना कुनामा । यो त सुरुवात मात्रै हो, धेरैका लागि गर्नुछ ।

ललितपुरको थेचोमा पढ्न थालेका छन्, सारँगीमा र्याप हान्ने जनक गन्धर्व । गाउँमा ३ कक्षासम्म पढेका जनकले छोटो समयमै आफ्नो पढाईमा प्रगति गरेका छन् । उनको पढाई देखेर शिक्षकहरु पनि खुशी छन् । कलाकार तथा भिजे शिशिर भण्डारीको पहलमा सबैको सहयोगले जनक स्कुल जान थाले । भिडियो हेर्नुहोस
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger