Latest Updates :

पार्सल गरेर पठाईएको झोला खोलेर हेर्दा भेटियो नवजात शिशु


SHARE THIS POST :
चीनको फुजोउमा रहँदै आएकी एक युवतीले सामान पठाउनको लागि डेलिवरी ब्वाईलाई घरमा बोलाएकी थिइन् । कालो प्लाष्टिकको झोलामा राखेको सामान खोलेर नहेर्न र एक अनाथ आश्रममा पुर्याउन उनले निर्देशन दिएकी थिईन् ।

सोही बमोजिम डेलिवरी ब्वाईले झोला बोकेर गए तर बीचबाटोमा पुगेपछि अचानक सामान राखेको झोला हल्लियो र केही आवाज आए जस्तो पनि भयो । जब ती युवकले झोला खोलेर हेरे तब उनी अचम्ममा परे ।
झोला भित्र नवजात शिशु छट्पटाईरहेको थियो । ती युवकले तुरुन्त प्रहरीलाई फोन गरेर शिशु जिम्मा लगाए । आफ्नो बच्चा अनाथ आश्रममा पठाउन चाहने ती युवतीलाई भने प्रहरीले गिरफ्तार गर्यो ।
ती निर्दयी आमाले आफूले बच्चा राख्न नचाहेकोले पार्सल गरेर अनाथ आश्रममा पठाएको बयानका क्रममा भनेकी छिन् । शिशुको अहिले अस्पतालमा उपचार भईरहेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger