Latest Updates :

पैंसाको लालचले तीन नेपाली युवतिको भारतीय कोठीमा वास ! [जनचेतनाको लागि सेयर गरौं]


SHARE THIS POST :

नेपालगन्ज । वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान पाईने, त्यो पनि निःशुल्क । राम्रो कमाई हुने सपना बोकेर नुवाकोट र सिन्धुलीपाल्चोकका तीन किशोरी भारत लागे ।

दिल्ली पुर्याईए । भिसा त्यही बन्ने आश्वासन पाए । तर दलाले उनीहरुलाई दिल्लीको जिबी रोडस्थित कोठी पुर्याए । तीन बर्षको नारकीय जीवनपछि कात्तिक अन्तिम साता कोठी नम्बर १५६ बाट उद्धार गरी नेपालगन्ज ल्याईएको छ ।

दलाले दुई, दई लाख रुपैयाँमा कोठीमा बिक्री गरेका थिए । नुवाकोट र सिन्धुलीपाल्चोकका तीन किशोरीकै जस्तो सपना देख्ने ३७ नेपाली महिला भारतको उत्तर प्रदेश गाजियावाद ईन्दिरापुरम पुर्याए ।

उनीहरुलाई त्यहाँ तीन वटा फ्ल्याटमा राखिएको थियो । दलाले दुई महिनाभित्रै त्यति धेरै महिलालाई कुवेतलगायतका खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि पठाउने आश्वासन दिएका थिए ।

तर दुई महिनासम्म पनि विदेश जान नपाएपछि शंका लागे उनीहरुले आफन्तलाई खबर गरे ।

परिवारको उजुरीपछि दिल्लीस्थित नेपाली दुतावास र भारतीय सुरक्षा अधिकारीको सहयोगमा उद्धार गरिएकामध्ये सबैभन्दा बढी झापाका छन् ।

त्यसअघि भारतको दिल्ली मैदानगढीबाट ७३ नेपाली महिलाको उद्धार गरिएको थियो । नेपाल साप्ताहिकबाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger