Latest Updates :

मृत्यु कुर्दै प्रेम पुन , उपचारका लागि सहयोगको याचना सहित बिलौना गर्दै श्रीमती (भिडियो सहित हेर्नुहोस्)


SHARE THIS POST :
बोन म्यारो रोग बाट ग्रसीत प्रेम पुन मगर बिगत ८ बर्ष देखि मृत्यु कुर्दै छन । जन्म लिएपछि मृत्यु अनिबार्य छ तर अनिस्चित समयको मृत्यु लाई आत्मासात गर्दै मानव भविष्य उज्जवल पार्न कृयासील हुन्छ । रोल्पा जिल्ला त्रिवेणी गाँऊपालिका वडा नं ७ स्थायी घर भई हाल घोराही उपमहानगरपालिका वडा नं ७ मा माइतीको सरणमा बस्दै आएका २९ बर्षीय पुन मृत्यु कुर्दै बसेका छन ।

रोजगारीको सिलसिलामा टर्की गएका बेला पुनलाई बोनम्यारोमा समस्या देखिएको र टर्कीमा करीब दुई महिना उपचार पस्चात वंश भित्रको व्यक्तिको बोन म्यारो ट्रान्सप्लान्ट गर्नका लागि हतास र खर्चविहिन अवस्थामा नेपाल आएको पुनले बताए ।

एक श्रीमति सहित ३ जना नाबालक छोराछोरीहरु संग बस्दै गरेका पुनको उपचारका लागि सहयोग माग्नु भन्दा अर्को बिकल्प नभएको पुनकी श्रीमति भवानी पुनले रुंदै भने । “ खेत छैन , माइतीको शरणमा बसेका छौं, काम गर्ने श्रीमान्लाई यस्तो रोग लाग्यो , अब कस्ले कमाउला र !

आफ्ना कलिला सन्तानहरुको भविस्य सम्झदै भकानिएर प्रेम पुनले आफ्नो उपचारमा करीब ४० लाख रुपैयाँ लाग्ने र आफ्नो हैसीयत ले उपचारका गर्न नसक्ने बताए । पीडित पुनले आफ्नो जीवन रक्षाक लागि सहयोग गर्न सबै नेपाली सहयोगी मनहरुमा आग्रह गर्नुभयो ।

“मलाई बचाउनुहोस , म बाँच्न चाहन्छु , आफ्नो लागी मात्र नभएर म मेरा सन्ततीहरुका लागि पनि बाँच्न चाहान्छु पीडित पुनको यो अपिल , मिडियाको सहयोगले आफ्नो कुरा विश्वभर पुग्ने र देश तथा बिदेशमा रहनुभएका सहयोगी हातहरु आफ्नो जीवन रक्षाका लागि उठ्ने विश्वासका साथ प्रस्तुत भएका पुनले रुदै भने ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger