Latest Updates :

हाइसको ठक्करबाट नारायणगढको पोखरा बसपार्कमा २२ महिनाकी बालिकाको मृत्यु


SHARE THIS POST :
 चितवनमा हाइसको ठक्करबाट २२ महिनाकी बालिकाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १ पोखरा बसपार्कमा बा ३ ख ३८ नम्बरको हाइसले गोरखा मनकामना होटलकी बालिका मेरिना थापा मगरलाई ठक्कर दिए को हो । हाइसको ठक्करबाट घाइते भएकी मेरिनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।घैरुङ बतासे ५ गोरखा घर भई हाल पोखरा बसपार्कमा मेरिनाका बुबाआमाले गोरखा मनकामना होटल संचालन गर्दै आइरहेका छन् ।

हाइसका चालक फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।उता सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक मजदुर काम गर्ने बेलामा माथिबाट लडेर मृत्यु भएको छ भने एक जनालाई ट्र्याक्टरले ठक्कर दिँदा ज्यान गएको हो ।सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका–५ पकडी टोल निवासी प्रमोद चौधरीको नयाँ बन्दै गरेको हिरो इँटाभट्टाको लागि धुवाँ निस्कने चिम्नी बनाउने क्रममा माथिबाट लड्दा भारत बिहार सितामढी जिल्ला सोनवर्षा थाना ग्राम पञ्चायत घुरघुरा बेला टोल निवासी ५० वर्षीय श्यामसुन्दर ठाकुरको मृत्यु भएको छ ।

मृतक ठाकुर २० फिट माथिबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।यसैबीच ट्र्याक्टरले ठक्कर दिँदा एक बरहथवामा एक वृद्धको ज्यान गएको छ । ना ६ त ९८४५ नं को ट्र्याक्टरले बरहथवा नगरपालिका–९ बस्ने ८२ वर्षीय हर्कबहादुर सार्की लाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger