Latest Updates :

कांग्रेस महासमितिमा कुटाकुट, बैठक स्थगित


SHARE THIS POST :
 नेपाली कांग्रेसको महासमिति बैठकमा कुटाकुट भएको छ ।  विधानको बिषयलाई लिएर महासमिति सदस्यहरुबीच कुटाकुट भएको हो ।

बैठकको शुरुमै नुवाकोट सभापति जगदिशनरसिंह केसीलगायत पार्टी सभापतिहरुले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर बैठक परारम्भ गर्नुअघि विधान संशोधनको मस्यौदा पेश गर्नु पर्ने र मस्यौदाको प्रति सबै महासमिति सदस्यहरुलाई बाड्न आग्रह गरेका थिए ।

त्यसको जवाफमा सभापति देउवाले विधान मस्यौदा आउँदै गर्छ बैठकमा छलफल सुरु गरौं भनेका थिए । तर, महासमिति सदस्यहरुले फ्लोरबाट विधान संशोधनको मस्यौदा महासमिति सदस्यहरुले बैठक परारम्भ गर्नु अघि नै पाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।

त्यत्तिकैमा नुवाकोट सभापति केसीले माइक हातमा लिएर विधानको मस्यौदा सबैलाई बाड्नु पर्ने भन्दै बोल्ने खोज्नुभयो । तर, सहमहामन्त्री डा. प्रकाशशरण महतले उहाँलाई धकेल्दै माइक खोसेर माइक नै फुटाइदिएपछि विवादले बैठकमा थप उग्र रुप लिएको हो । महासमिति बैठक अहिले स्थगित गरिएको छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger