Latest Updates :

खडग बहादुर जोगीलाई दुबईमा फिलिपिन्सको हत्या गरेको अभियोगमा ५ बर्ष कैद र २ लाख दिराम ,नेपाली रु.६० लाख बिगो तोकि तोकियाको छ।


SHARE THIS POST :
 तेह्रथुम जिल्ला फिदाम गाउँपालिका वडा नम्बर .२ ओयाक्जुङ निवासी खडग बहादुर जोगी २०७१ साल देखी दुबईको ( Algurf development project company ) काम गरिरहेकै अवस्थामा गाडी बाट खसेर निजको साथी फिलिपिन्स देशको कामदारको अकस्मात दुर्घटना भैइ उपचारको लागी अस्पताल पुर्याउदा सम्म मृत्यु हुन पुग्दा मानव हत्याको झुठो अभियोग लागी त्यहाँको अदालतले जोगीलाई ५ बर्ष कैद र २ लाख दिराम ,नेपाली रु.६० लाख बिगो तोकि हाल उनी दुबईको सेन्टर जेलमा सजाए भोगीरहेको छ। मिति २०७५ /१२/०९ गते सम्ममा ब्लड मनि बाप्पतको रु. ६० लाख नबुझाए निजलाई मृत्युदन्डको सजाय हुने प्रावधान दुबईको कानुनमा रहेको अदालतले फैसला गरेको छ  ।

आर्थिक अवस्था एकदमै दयनीय रहेको ,गरिब परिवारको घरमा बुढेसकाल लागी सकेको आमा,श्रीमती र चार जना छोराछोरी रहेको खडग बहादुर जोगीलाई बचाउन गाउँपालिका,नगरपालिका,विभिन्न समाजिक संघसंस्था,समाजसेवीहरुले देशब्यापी आर्थिक संङ्कलन अभियान समेत थालेको छ।अभियानकै क्रममा नेपाल बाहेकको देशहरु मध्यको एक मलेसियामा लगभग २०७२ सालमै स्थापना भएको तेह्रथुम मलेसिया सम्पर्क मञ्च नामक संस्थाले समेत आर्थिक संङ्कलन अभियान तिब्र रुपमा अगाडि बढाइ रहेको छ।

तेह्रथुम मलेसिया सम्पर्क मञ्चको अध्यक्ष प्रेम सुब्बाको अगुवाईमा संङ्कलन भैइरहेको रकम अभियान अन्तर्गत मलेसियामा अभियान थाले देखी १२ हजार रिङ्गेट (RM :-12,000) नेपाली रुपैयाँ करिब ३ लाख ५० हजारको हाराहारीमा संङ्कलन भैइसकेको र अझै मलेसियाको विभिन्न राज्यमा कम्पनीहरुमा कार्यरत नेपाली सहयोगीदाता, मजदुरहरु संग आर्थिक संङ्कलन गर्ने कार्य जारिरहेको र चाडैं निजको परिवारलाई सो रकम हस्तान्तरण गर्ने बताउनु भयो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger