Latest Updates :

श्रीमान बिदेशमा भएको मौकामा बलात्कार प्रयास गरेको आराेपमा महिलाहरुले भिराए जुत्ताकाे माला


SHARE THIS POST :
कैलालीमा बलात्कारको प्रयास गरेको आरोपमा महिलाहरुले एक पुरुषलाई सार्बजनिक रुपमा कालो मोसो  दलेका छन् ।

श्रीमान बिदेशमा भएको मौका पारी स्थानिय एक महिलालाई बलात्कारको प्रयास गरेको भन्दै कैलाली गाउँपालिका वडा नम्वर १ , मझेरा टोलका टुक्की नाम गरेका कृष्ण चौधरीलाई महिलाहरुले कारवाही गरेका हुन् ।

चौधरीले २३ गते राती स्थानिय २३ बर्षिया सिता (नाम परिवर्तन)लाई बलात्कारको प्रयास गरेको र सिताले सो कुरा बाहिर ल्याएपछि स्थानिय महिलाहरु मिलेर चौधरीलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् ।

साथै उनीहरुले पिडितलाई चौधरीले दुई लाख रुपैयाँ हर्जाना  तिर्नुपर्ने माग राखेका  छन् ।

ईलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायव निरीक्षक रामचन्द्र पन्थले ‘चौकीमा यस विषयमा जानकारी नआएको बताउँदै ‘यस्ता घटना यस भेगमा निकै घट्छन ,गाउँलेले आफै कानुन हातमा लिएर कारवाही गर्ने गर्दछन ‘ भने ।

उनले घटना बाहिरीएसँगै आफुलाई थप कुरा बुझेर आबश्यक कदम चाल्न आदेश दिइएको निरीक्षक  पन्थले बताए ।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger