Latest Updates :

प्रधानमन्त्री ओलीको घोषणा कागजमैं सिमीत, ३० वर्षदेखि तुइन तान्दातान्दै बांगिए औँला !


SHARE THIS POST :
प्रधानमन्त्री केपी शर्मा  ओलीलिे नेपालबाट तुइन विस्थापान भएको घोषणा गरेको लामो समय भइसकेको छ । सरकारी घोषणा र यर्थात भने केही फरक देखिएको छ । धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका छन् । बाबुछोरा तुइनछेउमै रहेको पाटीमा बस्छन् ।

तुइनको घिर्नीले च्यापेर सुकबहादुरका हातका दशवटै औँला बांगिएका छन् । तैपनि, रोजगारीको सवाल भएकाले उनी पुल नबनोस् र तुइनमा काम गर्न पाइयोस् भन्नेमा छन् । पुल बने रोजगारी खोसिने उनको चिन्ता छ । हातले तुइन सार्दा बारम्बार फलामको टुक्राले काट्ने गरेको उनी बताउँछन् । “तुइनबाट खोला तर्दा फलामका टुक्राले धेरैपटक हात काटेको छ, जाडोमा त धेरै दुख्छ,”उनले भने ।

धादिङको चरौँदीस्थित साबिकको गाविस भवनसँगै रहेको तुइन अघिल्लो वर्ष नै विस्थापित गरिसक्नुपर्ने थियो। तर, एक वर्ष ढिला भइसक्दा पनि निर्माण कार्यले गति लिएको छैन। त्रिशूली नदीमाथि रहेको तुइनको दायाँ किनारा गोरखाको घ्याल्चोक र बायाँ किनारा धादिङमा पर्छ । तुइनको छेवैमा तरकारी संकलन केन्द्र छ। त्यहाँ घ्याल्चोकलगायत आसपासका किसान दैनिक तुइन तरेर तरकारी बिक्री गर्न आउने गर्छन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger