नेपाल आइडलको ग्रान्ड फिनालेमा टप ३ पुग्ने फर्म्याट अनुसार टप ३ मा को को पुग्लान ? यो सिजनमा नेपाल आइडलको कसले मार्ला बाजी ? को होला टप चार बाट आउट ? को को पुग्ला ग्राण्ड फिनाले मा। अहिले रहेका सबै प्रतिस्पर्धीहरु उत्तिकै राम्रा छन् र सबैको पकड फ्यान बीच राम्रो छ। पोखरा का बिक्रम बराल , सुदुरपश्चिमका रबि ओड , झापा का सुमित पाठक र अस्मिता अधिकारि सबै नेपाल आइडल विजेताका दाबेदार बनिसकेका छन्।
नेपाल आइडलमा हजारौ प्रतिस्पर्धीलाई पछि पर्दै यहाँ सम्म आइपुगेका उनीहरु मध्ये एक नै नेपाल आइडल बन्ने निश्चित छ। यिनै टप ४ हरु अहिले आफ्नो गृह जिल्ला पुगेर आफुलाई जिताउन समर्थक बीच भोट मागिरहेका छन्। रबि ओड सुदुरपस्चिम पुगेर , बिक्रम बराल पोखरा , सुमित र अस्मिता झापा पुगेर आफ्ना समर्थक बीच पुगेका छन्।
कसले मार्ला त बाजी नेपाल आइडल सिजन २ मा ? रबि ओड सुदुरपश्चिमको हिरो नै बनिसकेका छन्। उनलाई भोट को कमि कहिले पनि रहेन। यस अघि को एपिसोडमा रबि ओडले गीत बिगारेका थिए। धेरैले रबि बटम ३ मा पर्ने अनुमान गरेपनि धेरै भोट पाएर उनि सजिलै उम्किए। सुदुरपश्चिमको पुरा समर्थन पाएका उनले नेपाल भरि बाट भोट पाउने गरेका छन्। त्यस्तै बिक्रम बराल पनि राम्रो गायक हुन्। उनको हरेक प्रस्तुति पछि उनको भरपुर तारिफ हुने गरको छ। सबै जजले खुलेरै तारिफ गरेपनि समय समय मा बटम ३ मा पर्ने गरेका उनलाई भोट गर्ने को कमि भने छैन। पस्चिमाञ्चल क्षेत्रको एक मात्र प्रतिस्पर्धी बाकी रहेका बिक्रम बराल लाइ अबको दिनमा झन् बढी भोट बढ्ने आसा गरिएको छ। अर्का प्रतिस्पर्धी सुमित पाठक को गायकिको तारिफ गर्न नेपाल आइडल का जजहरु कहिले चुकेनन्। नेपाल आइडलमा बलियो दाबेदार बनेर उदाएका सुमित पाठक बिजेता घोषित बन्न सक्ने धेरै आधारहरु छ। पहिले देखिने जनताको भोट पाउदै राम्रो स्थान बनाउदै यहाँ सम्म आइपुगेका सुमित पाठकलाइ ठुलो संख्यामा जनसमर्थन रहेको कुरा प्रमाणित भैसकेको छ। अस्मिता अधिकारि नेपाल आइडलका पछिल्लो समयमा सुधारिदै आएका प्रतिस्पर्धी हुन्। झापाकी अस्मिता पहिले पहिले बटम ३ मा लगातार परिरहने गरेपनि पछिलो समय भने उनि आफ्नो गायकी लाइ सुधार्दै बलियो दाबेदारका रुपमा प्रस्तुत हुदै आएकी छिन।
अहिलेको अबस्थामा सबै प्रतिस्पर्धी हरु बराबर कै रहेका छन्। जन समर्थनको हिसाबले पनि उस्तै उस्तै अबस्थामा रहेका यी चार मध्ये जो कोइ पनि नेपाल आइडलको बिजेता बन्न सक्ने परिस्थिति बनेको छ। सुर तालका अलावा जनताको भोटले निर्णायक भूमिका खेल्ने नेपाल आइडलमा जसले धेरै भोट पायो उही नेपाल आइडल बन्ने छ। सबै प्रतिस्पर्धीलाई हाम्रो सुभकामना। तपाइको बिचारमा यो सिजनमा नेपाल आइडलको बिजेता को बन्ला ?
Post a Comment