Latest Updates :

शिकार खेल्न गएका ६ जना आफ्नै साथीले आशिषलाइ हत्या गरी जंगलमा खाल्डोमा पुरेपछी


SHARE THIS POST :
सामुदायिक जंगलमा शिकार खेल्न जादा आफ्नै साथीको हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका छन्। धरान उपमहानगरपालिका–१७ उदय टोल बस्ने १७ वर्षीय आशिष ठटालको हत्या गरेको अभियोगमा ६ जनालाइ पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा सोही ठाउँका २८ वर्षीय कोमल गुरुङसहित ६ जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार मंसिर ७ गते राति आशिषसहित सात जना सोही ठाउँको उदय सामुदायिक जंगलमा शिकार खेल्न गएका थिए।

शिकार खेल्न गएका सात जना मध्ये ६ जना मात्र घर फर्किएपछी आशिषका आफन्तले आइबार इलाका प्रहरी कार्यालय धरानमा जानकारी गराएका थिए।उजुरीपछि प्रहरीले अन्य ६ जनालाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उनीहरुले आशिषको हत्या गरी जंगलमा खाल्डोमा पुरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger