Latest Updates :

अचम्म को खबर : शिक्षकले पढाइरहेका बेला बाहिर निस्कन्छौ भन्दै गएका ३ किशोरीले सामुहिक विष सेवन । कारण चकित पार्ने …


SHARE THIS POST :
 गुल्मीको एकै विद्यालयका तीनवटी छात्राले आज दिउँसो एकैसाथ विष सेवन गरेका छन् । रेसुङ्गा नगरपालिका ११ को सिमिचौरस्थित भगवती माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्राहरुले विष सेवन गरेर गम्भीर घाइते भएका हुन् ।

रमिता (नाम परिर्वन) ले माया प्रेमको चक्करमा पानीको बोत्तलमा विष राखेर पिएको र उनले पिएर राखेको सोही बोत्तलको पानी उनका साथीहरु सपना थापा र पार्वती बिसीले झुक्किएर पिउँदा उनीहरु अर्धचेत भई उपचार्थ पाल्पा पठाइएको प्रहरीले जनाएको छ । उनीहरु तीनैजनाको उमेर १६ बर्ष हो ।

विद्यालय बन्द भएपनि एकजना शिक्षकले गणित विषय पढाउँदै थिए । सोही क्रममा उनीहरु पिसाव फेर्न जान्छौ भन्दै निस्किएको बेला उक्त घटना भएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताए । घटनाका सम्वन्धमा गम्भिर अनुसन्धान हुनुपर्ने स्थानीयको भनाई छ ।

कोसँग प्रेम सम्बन्ध थियो भन्नेबारे खुलेको छैन । माया प्रेमकै चक्करमा सोही गाउँकी एक किशोरीले गत वर्ष झुण्डिएर आत्महत्या समेत गरेकी थिइन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger