मृत्यु
आमा बिमलादेवीले प्रहरीले बताएअनुसार बालकका ठु्लोबुवा लछी सुनारले उनीहरुलाई चाउमिन पकाएर खान दिएको प्रहरीले जनाएको छ।
ठुलाेबुवा लछीले पकाईदिएको चाउमिन खाएर मामाघर पुग्दा बारम्बार बान्ता भएको थियो। बालकलाई सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार नभएपछि सेती अञ्चल अस्पताल रिफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लग्दै गर्दा बाटोमा नै उनीहरुको मृत्यु भयो।
दुवै बालकलाई शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। प्रहरीले सुनारलाई शनिबार नियन्त्रणमा लिएको छ।
घटनाबारे अनुसन्धान सुरु गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। बुवा नभएका ति दुई बालक ठुलाेबुवा लछी सुनारकै घरमा बस्दै आएका थिए।
Post a Comment