Latest Updates :

भिर मा खर काट्ने क्रम मा लडेर महिलाकाे मृत्यु


SHARE THIS POST :
कैलालीको मोहन्याल गाँउपालिकामा भिरबाट लडेर शनिबार एक महिलाको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका १ बढीकथाईकी ३३ वर्षीया खगिसरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि वलीले बताए।

घर छाउने खर काट्ने क्रममा उनी चोसेकाडाको नरकट्टे भिरबाट लडेकी थिइन्। घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ। मगरका दुई छोरा र एक छोरी छ्न्। श्रीमान् भने रोजगारीको सिलसिलामा भारतमा रहेको प्रहरीले बताएको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger