पूर्वराष्ट्रपति बाराक ओबामालाई यो अवस्थालाई देख्दा सबैको नजर उनैमा अडिएको थियो । ओबामा सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर अस्पताल पुगेका थिए ।
पुस १० गते (२५ डिसेम्बर) क्रिसमस मनाउने तयारी नेपाल लगायत देश भर भइरहँदा अमेरिकाका पूर्वराष्ट्रपति भने उपहारको धोक्रो बोकेर अस्पताल पुगेका थिए ।
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेर क्रिसमसको अवसरमा त्यहा रहेका बालबालिकालाई उपहार बाँडेको समाचार सार्वजनिक भएको छ ।
यस्तो अवस्थामा ओबामालाई देखेर धेरै व्यक्ति आश्चर्यमा नै परे ।
उनले बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै तस्वीरसमेत खिच्नुका साथै उनले बालबालिकाको बिमारीबाट चिन्तित अभिभावकलाई भेटेर सहानुभूति समेत दिएका थिए ।
Post a Comment