हिमाली गाउँपालिका – ५ को पीथीचौर भन्ने स्थानमा अप्ठेरो बाटोका कारण बाटोबाट चिप्लीएर अन्दाजी ४५ बर्षिया बुढा कर्णाली नदिको बगरमा पर्नु भएको र उहाँको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक उद्धबसिंह भाटले जानकारी दिनुभयो ।
तल कर्णाली र माथि भिरालो बाटोका कारण यस अघि पनि उक्त ठाउमा मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर १० बिनका मिनबहादुर शाही घाइतेभई हाल नेपालगंजमा उपचार भैरहेको बताएको छ । अप्ठेरो घोरेटो बाटोका कारण त्यस ठाउमा हिड्नलाई जोखिम रहेको स्थानिय रेशम भण्डारीले जानकारी दिनुभयो । बुढाको पुस १५ गते मृत्यु भएको हो ।
त्यस्तै अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर(५, रामारोशनमा रुखबाट खसेर एउटी महिलाको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय भक्त बटालाकी ३१ बर्षीया श्रीमती झुपादेवि बटाला रहेको र उनको दाउरा काट्ने क्रममा रुखबाट खसेर बुधबार ज्यान गएको खुल्न आएको छ ।
रामारोशनको सुनिवनमा रुखबाट दाउरा काट्ने क्रममा रुखबाट खस्दा उनको घटनास्थलमै ज्यान गएको मृतकका देवर टेकराज बटालाले जानकारी दिनुभयो । मृतकका श्रीमान, २ छोरी र १ छोरा छन् । प्रयोग गरिएको तस्विर अछाममा रुखबाट खसेकी महिलाको हो ।
Post a Comment