Latest Updates :

अर्घाखाँचीमा घट्यो अहिले सम्मकै डरलाग्दो घटना (भिडियो)


SHARE THIS POST :
पुस ४ गते देखि बेपत्ता भएकी बिष्णु खड्का १४ दिन पछि उनको मृतक अवस्थामा लास फेला परेको छ उनि यति धेरै दिन सम्म बेपत्ता हुँदा उनलाई खोज तलास गरिएपनि कहिँ पनि नभेतिएपक्षि १४ दिन पक्षि उनको लास मृतक अबस्थामा भेटिएको हो ।अर्घाखाँची जजिल्लाको सन्धिखर्क नगरपालिका साबिकको वडा नम्बर – ९ अर्घा घर्तिखोर निवासी ४३ बर्षिय बिष्णु खड्का यही गत् मिति २०७५ साल पुष ४ गते मङ्गलवारको दिन देखि बेपत्ता भएकी थिइन् ।पुष ४ गते मङ्गलवार बेलुका आफु संगै रहेको एक छोरालाइ खाना खुवाई करीव ९ बजे तिर कोठामा सुत्न गएको र बिहान उठ्दा घरमा चावी लगाई आफ्नी आमा बेपत्ता भएको उनका जेष्ठ छोरा बिनोद खड्काले अर्घाखाँचीबुलेटिनलाइ बयान दिएका थिए ।

बिगत १४ दिन देखि उनका घरपरिवार लगायत स्थानीयवासी र निजका माइतीघरको तर्फबाट निरन्तर रुपमा दिनहु उनलाइ खोजिकार्य तिब्र रुपमा चलिरहेको थियो तर पुष १६ गते सोमबार दिउँसो १४ दिन पछी उनलाई अर्घा मसुर पाटाको सहबर्ग एफ एम को टावर देखी तल डीम्बरी हलगाडे भन्ने जंगलमा उनलाई स्थानीयवासी हरुले मृत अवस्थामा भेटाएका थिए ।बिष्णु खड्कालाइ मृत अवस्थामा भेटाएतापनि घटना शंकास्पद रहेको छ उनको टाउको पूर्ण रुपमा छदबिच्छेद र छिया छिया अवस्थामा रहेको छ बिष्णु खड्का १४ दिन अघि देखि बेपत्ता रहेकी थिइन् स्थानीय र घरपरिवारको भनाइ अनुसार उनि मृत अवस्थामा भेटीएको ठाउमा दिनहु जस्तो आफुहरुले खोजिकार्य गरिएको र २ दिन अघि मात्र रहिसचौर मा.वि.का बिधार्थी हरुले सोहि स्थानमा पिकनिक गरेका थिए तर उनको लाश सो जंगलमा नदेखिएको उनिहरु बताउछन ।

खड्काको माइती घर भूमिकास्थान नगरपालिका करौदी रहेको छ उनलाई आजको मिति सम्म खोजतलास गर्दा पनि सम्पर्कमा ल्याउन र भेटाउन सकिएको थिएँन तर विडम्बना आज दिउँसो उनलाई अर्घा मसुर पाटाको सहबर्ग एफ एम को टावर देखी तल डीम्बरी हलगाडे भन्ने जंगलमा अर्घा रानिगैरा निवासी एक बृद्दा महिलाले मृत अवस्थामा देखे पछी स्थानीयहरुले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।पुष १६ गते सोमबार दिउँसो १४ दिन पछी मसुर पाटाको सहबर्ग एफ एम को टावर देखी तल डीम्बरी हलगाडे भन्ने जंगलको झाडीमा एक्कासि नग्न अवस्थामा टाउको पूर्ण रुपमा छदबिच्छेद र छिया छिया भएको अवस्थामा उनको शव भेटिएको हो ।घटना स्थलमा प्रहरी टोलीको चेकजाँच पछी बिष्णु खड्कालाई अर्घा मसुर पाटाको सहबर्ग एफ एम टावर देखी तल डीम्बरी हलगाडेको मोटर बाटा देखि करिब एक दुइ हात माथि उनको हत्या गरि मोटर बाटो देखि करिब दुइ हात तल रहेको बनमारा बोटको गाँजामा मृत शरीरलाइ सजाएर राखे जस्तो अवस्थामा उनलाई भेटे पछी सरासर बिष्णु खड्काको हत्या गरि उक्त स्थानमा फालिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

मृतक बिष्णुको हुलिया र मृत शरिर हेर्दा १ /२ दिनको बिचमै उनलाई हत्या गरेर उक्त झाडीमा फालेको हुनुपर्ने उनका घरपरिवार र प्रहरी अनुमान रहेको छ । विष्णु खड्काको हत्या एक जनाले मात्र नगरि दुइ तिन जनाको मिलोमतोमा हत्या भएको प्रहरी अनुसन्धान पछी स्थानीयर घरपरिवारहरुको भनाइ छ ।मृतक बिष्णु खड्काका श्रीमान् सुरज खड्का र उनका कान्छा छोरा भारतको नयाँदिल्लीमा रोजगारी गर्दै आएका थिए। आफ्नी श्रीमती बेपत्ता भएको खबर पाए लगत्तै निजका श्रीमान् सुरज खड्का र छोरा पुष्कर खड्का केहि दिन अघि मात्र भारतको नयाँ दिल्ली बाट आफ्नो घर फर्किएर मृतक बिष्णु खड्काको तिब्र रुपमा खोजतलास अघि बढाएका थिए ।मृतक बिष्णुका कान्छा छोरा पुष्कर खड्काले अर्घाखाँचीबुलेटिन लाइ जानकारी दिए अनुसार उनकी आमा र बुवा बिच एकदमै घनिष्ट सम्बन्ध रहेको र उनको घरपरिवारमा केहि झैँ झगडा मनमुटाव नभएको उनि बताउछन। केहि हप्ता अघि आफ्नी श्रीमतीलाई घर खर्चको लागि पैसा पठाएको निजका छोरा बताउछन ।बिष्णु खड्काको घरमा उनका अपांग सुस्त मनस्थितिका एक छोरा र अर्को कान्छो छोरा रोजगारीको शिलशिलामा दिल्लीमा आफ्नो बाबु सुरज खड्का संगै काम गर्दै आएका थिए ।अहिले मृतक बिष्णु खड्काको पार्थिव शरीरलाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा पठाउने प्रकृया भईरहेको घटनास्थल बाट केशब खड्काले जानकारी दिएका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger