Latest Updates :

कपास उद्योगमा दन्कियो आगो


SHARE THIS POST :
 डडेल्धुरामा गएराति भीषण आगालागी भएको छ ।  आगलागीबाट तीन वटा घर तथा पसलमा क्षति पुगेको छ । राति ११ः ३५ बजेबाट शुरु भएको आगलागी झण्डै एक घण्टा पनि नियन्त्रणमा आएको थियो ।

अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट तीन वटा पसलमा ठूलो क्षति भए पनि क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको छ ।    यसैबीच काठमाडौंको सतुंगलस्थित सिप्रदी ट्रेङिङ अगाडि रहेको एक कपडा तथा कपास गोदाममा भीषण आगलागी भएको छ । आगलागीबाट गोदाममा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गएराति भएको आगलागीबाट भएको क्षतिको विवरण आउन भने बाँकी रहेको छ । काठमाडौं, भक्तपुर र लतिलपुरको दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger