Latest Updates :

संसारकै बहादुर मानिस जसको कामले चकित भयो संसार (भिडियो)


SHARE THIS POST :
विश्वकै ठूलो कम्पनी ‘एप्पल’ लाई एकै दिन ७५ अर्ब डलर घाटा

एजेन्सी, २० पुस । विश्वकै सबैभन्दा ठूलो कम्पनीमध्येको एक ‘एप्पल’ ले एकै दिन ७५ अर्ब डलर घाटा व्यहोरेको छ । एप्पलको सेयरमा बिहीबार भारी गिरावट आएपछि उक्त परिमाणमा नोक्सान भएको हो ।

गत वर्ष अगस्टमा एप्पलले कीर्तिमान रचेको थियो । विश्व बजारमा आफ्नो बर्चश्व बढाएर एप्पलले एक ट्रिलियन डलर सम्पत्ति भएको विश्वकै पहिलो कम्पनीमा आफ्नो नाम लेखाएको थियो । त्यतिबेला एप्पलको शेयर उकालो लागेको थियो ।

हाल एप्पलको शेयरमा भारी गिरावट आएको छ । आइफोन बिक्रीमा आएको गिरावटका कारण यो अवस्था आएको एप्पलले जनाएको छ । पहिला नयाँ आइफोन बजारमा आउनासाथ उपभोक्ताको लाइन लाग्ने गर्दथ्यो तर, पछिल्ला दिनमा यो अवस्था अन्त्य हुँदै गएको छ । चीनको अर्थव्यवस्थामा आएको गिरावटका कारण चीनमा आइफोनको व्यापार घटेको बताइन्छ ।

एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको आम्दानी घट्नुका पछाडि चीनमा उसको बिक्रीमा आएको मन्दीलाई दोष लगाएका छन् । सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको आम्दानी ८४ अर्ब डलर मात्र हुने उनले बताए, जबकि यसअघि सो आम्दानी ८९ अर्ब डलर हुने ठानिएको थियो ।

अन्य उपभोग्य सामग्रीका कम्पनीहरू जस्तै मोबाइल कम्पनी एप्पलका निम्ति पनि क्रिसमस जस्तो चाडबाडको मौसम फलदायी मानिन्छ । वर्षभरमध्ये सबभन्दा धेरै आम्दानी यही मौसममा हुने ठानिन्छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger