घटनाको दिन आफ्ना अन्य सहयोगीको साथ कस्टमरहरुलाई बिद्युत प्रवाह गर्न पोलमा चढेका एक्कासी भुईमा खसे । ११ हजार भोल्टेजको करेन्टको झट्काले कृष्णको सपना मात्र पच्छारेन जीवन नै मृत्युको मुखमा लगेर छोड्यो ।अर्कैको गल्तिको शिकार भए उनि । साँझपख बिद्युतको लाइन बन्द गरेर पोलमा चढेका बेला नजिकैका मिलवाले साहुले लाईन अन गर्दिएपछि उनलाई करेन्ट लाग्यो । लाग्ने बित्तिकै भुईमा झरे । तत्कालै उनलाई स्थानिय अस्पताल हुँदै नेपालगंज रिफर गरियो त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि भारत लखनउमा पठाईयो ।
लखनउमा लामो उपचार गर्दा पनि अवस्थामा सुधार नभएपछि पुन: काठमाण्डौस्थित ग्राण्डी र किर्तिपुर अस्पतालमा लामो उपचार पछि उनि निको त भए तर अपशोच ! उनका दुवै हात र एउटा खुट्टा काट्नु पर्ने भयो । आफ्नो परिवारको लागि केहि गर्छु भन्ने अठोट लिएका कृष्ण अहिले जसोतसो निको त भए तर दुवै हात र एउटा खुट्टा छैन अर्काको साहारामा बाँच्नु परेको छ । उपचार गर्न नै ५० लाख बढी लागी सकेको र सबै ऋण काढेर खर्च गरेको उनकी श्रीमती रुपाले बताईन । ४०-५० लाख ऋण छ, ५० लाख भन्दा बढी हात खुट्टा राख्नलाई लाग्ने डाक्टरहरु बताउछन ।
घरमा भएको जायजेथा सबै सकिसक्यो भन्दै रुपाले सबैसँग सहयोगको अपेक्षा गरेकी छिन । २१ वर्षको कलिलो युवा जसले आफ्ना सपनाहरु आज बेडमा आफ्नो आर्ध ज्यान सँग सुताई रहेको छ ।बुबा झुपलाल अाेलि र आमा जानकी केसिका दुई छोरा मध्यका कान्छा छोरा कृष्ण सानैदेखि पारिवारिक मायाबाट टाढा भए कृष्णका बुबाले वास्ता नगरेपछि सानैदेखि बुबाको माया पाएनन ।बुबाको अहिले सम्म अत्तोपत्तो छैन । छोराको त्यो हालत भएपछि भेट्न जान्छु भन्दै घरबाट निस्केका बुबाको बेखबर छ । कृष्णका दाईले जेनतेन पैसा काढेर भाईलाई त बचाए अब थप उपचार गर्ने खर्च छैन ।
न पैसा कार्ने ठाउँ छ न आउँने ठाउँ न बेच्नलाई जग्गाजमिन ।देश तथा विदेशमा हुने मनकारी नेपालीहरुले सिधै कृष्ण ओलीसँग मोवाईल नम्बर 9803745708 मा सम्पर्क गर्नसक्नुहुनेछ । आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने सनराईज बैंकको कृष्ण ओलीको खाता नम्बर 0770503165205001 रहेको छ
Post a Comment