ऋण लागेको थाहा पाएपछि खातुनलाई एजेन्टले अनेक लोभ देखाउन थाले । त्यै लोभमा परेपछि एजेन्टले आफूलाई बेचेको उहाँले थाहा पाउनु भएन । काठमाडौंका फकिर भन्ने एजेन्टले उहाँलाई भारतको बाटो हुँदै युएई ल्याइपु¥याएको थियो । युएई आइपुगे पछि साहु लिन आएका छैनन् भन्दै १७ दिनसम्म काेठामा थुनेर राखे । १७ दिनपछि मालिकले लगेपनि उहाँले सोचजस्तो भएन् । घरमा उहाँलाई दुव्र्यवहार गर्न थालेपछि खातुनले नेपाल फर्काइदिन साहुलाई धेरै आग्रह गर्नुभयो । तर घर फर्काउने भन्दा पनि उहाँलाई अझ मनपरी व्यवहार गर्न थाले ।
सजिलो काम र मासिक २५ हजार रुपैयाँ तलव हुन्छ भनेर चिनजानका दलालले उहाँलाई युएई पठाएका थिए । काम र कमाई दुवै नभएपछि उहाँले नेपाल नै फर्कने निधो गर्नुभयो । तर नेपाल फर्कन सजिलो थिएन । काम राम्रो होला भनेर साहुको ऋण तिर्न विदेशिएकी खातुनले यस्तो होला भनेर सोच्नुभएकै थिएन् । उहाँले साहुलाई नेपाल फर्काइदेउ भन्दा १२ हजार दिर्हाममा किनेर ल्याएको जवाफ दिएपछि उहाँ छाँगाबाट खसेझैं हुनुभयो । दुईचार पैसा कमाउने सपनाको पोको बोकेर
युएई पुगेकी खातुनले आफूलाई बेचेर दलाले पैसा पोको पा¥यो होला भनेर सपनामा पनि सोच्नुभएको थिएन् । ‘गरिबलाई जता गएपनि दुःख मात्र भोग्नु पर्ने,’ खातुनले निन्याउरो मुख लगाउँदै भन्नुभयो । उहाँलाई परदेशमा पनि गरिबलाई नै बेच्दा रहेछन जस्तो लाग्छ । उहाँले कवाडी उठाउने देखि गलैचा उद्योगमा पनि काम गर्नुभयो । यति गर्दापनि भनेजस्तो नभएपछि परदेश लागेकी खातुन दलालको फन्दामा पर्नुभयो ।
सानैमा बुवा वितेपछि उहाँलाई आमाले काखी च्यापेर काठमाडौं आउनुभएको थियो । भएका एउटा दाइ पनि भारत पसेपछि कहाँ हराए थाहा छैन । पाएसम्मका सबै काम गरेर उहाँको बाल्यकाल बित्यो । गलैंचा उद्योगमा काम गर्न थालेपछि उहाँलाई रोग लाग्यो । सधै टाउको दुख्ने भएपछि उहाँ काठमाडौंको वीर अस्पतालमा जाँच गराउन जानुहुन्थ्यो । त्यही क्रममा चिनजान भएकी महिलाले नै उहाँलाई फकिर भन्ने दलालसँग मिलेर युएई पठाएकी थिइन् । एउटा रोगको उपचारमा जाँदा भेटिएको साथीकै कुरामा बिश्वास गर्दा उहाँ युएईमा बेचिनु पर्यो । चर्पी बनाउदा लागेको ऋण तिर्न विदेश जनातुन खातुन यसअघि पनि कुवेत जानु भएको थियो । कुवेतमा पनि घरेलु काममै गएकी उहाँको काम र कमाइ राम्रो थियो । कुवेतको कमाइले उहाँले सर्लाहीको पिपरिया ५ मा पाँच धुर जग्गा समेत किन्नु भयो । कुवेतबाट फर्केपछि उहाँले बिहे पनि गर्नुभयो । खातुनको विवाह दोब्बर उमेरको मोहम्मद मोक्शायदसँग भयो । बिहेमा दाइजो दिन नसक्ने भएपछि पहिलो श्रीमती बितेका मोक्शायदसँग उहाँले बिहे गर्नुभएको थियो । उहाँलाई विवाह भएको कति भयो सम्झना छैन् ।
दुई छोरी र एक छोरी पनि छन् । भर्खरै ३२ वर्ष लागेकी खातुनको श्रीमान भने ६५ वर्ष लागिसकेका छन् । गाउँकै सरकारी स्कुलमा पढिरहेका तीन जना छोराछोरीलाई राम्रो स्कुल पढाउने उहाँको सपना पूरा भएन् । ‘एक त विदेश गएको भनेपछि गाउँलेले राम्रो नजरले हेर्दैनन्, झन मलाई के आइलाग्यो,’ खातुनले आँशु झार्दै भन्नुभयो । ‘चर्पी थिएन कति दिन खेतको आलीमा दिसापिसाव गर्नु,’ खातुन भन्नुहुन्छ, ‘हुर्केका छोरी छन् । त्यसैले घर फुसको भएपनि पक्कि चर्पी बनाएको ।’ त्यसमा विदेश जादा तिरेको २५ हजार पनि थपिएको छ । १२ हजार दिर्हाममा बेचेका दलालले उहाँबाट पनि २५ हजार उठाउन भ्याएछन् । कालो वर्णकी खातुन छोरा भने गोरो भएको बताउनुहुन्छ । उहाँलाई गोरो मान्छे देख्नासाथ आफ्नै छोरा जस्तो लाग्छ । छोरो पढाएर पत्रकार बनाउने सपना बोकेकी खातुनलाई अब नेपाल फर्किएर कसरी बालबच्चा पढाउने अनि ऋण तिर्ने सोच्न सक्नुभएको छैन् । पैसा जुटाएर उद्दार सरकारले गएको फागुनदेखि वैधानिक रुपमा महिलालाई घरेलु काममा पठाउन रोक लगाए पनि भारत लगायतका बा
Post a Comment