Latest Updates :

डाक्टरले ‘धेरै दिन बाँच्दिनस्’ भने पछि १२ वर्षको उमेरमा परिवार त्यागेर हिडेकी अञ्जु, कसरी बनिन् सयौं बेसहाराहरुको सहारा (भिडियो हेर्नुस्)


SHARE THIS POST :

कोहलपुर – बाँके कोहलपुरकी २४ वर्षीय अञ्जु न्यौपाने ‘निलसागर’ लाई उनी १२ वर्षको हुँदा मुटुमा समस्या भएपछि चिकित्सकले अब तिमी धेरै समय बाँच्दिनौ भने । १२ वर्षको कलिलो उमेरमा चिकित्सकले त्यस्तो भनेपछि उनका परिवार चिन्तित भए । अञ्जुको बालमनमा भने चिकित्सकको त्यो भनाई नै उर्जा बन्यो । उनले आफुलाई अञ्जुवाट निलसागर बनाइन् । अहिले अञ्जुले आफुलाई निलसागर भनेर चिनाउन मन पराउँछिन् ।



चिकित्सकले धेरै दिन बाँच्दिनस् भनेको उनै अञ्जु अहिले धेरै बेसहाराहरुको सहारा बनेकी छन् । चिकित्सकले त्यस्तो भनेपछि परिवार र आफन्त छोडेर हिडेकी उनले रोगलाई समेत जितिन् । ‘आफुलाई योगमा समर्पण गरिन्, जीवनलाई सदगी बनाइन् । ‘परिवारको साथ र सहयोग चाहिने बेलामा कलैलै उमेरमा मैले आमा बुवा त्यागेर हिँडे, उनले भनिन् त्यस पछि मेरो जीवननै परिवर्तन भयो ।’ आफुलाई योगमा डुवाए पछि उनले रोगलाई पनि जितिन् । फेरी आफ्नो मुटुको अवस्था जाँच गर्न जाँदा चिकित्सक पनि छक्क परे । ‘मलाई मुटुको शल्यकृया गर्नुपर्छ अब धेरै दिन बाँच्दिनस् भनेको उही डक्टर पछि छक्क परे, उनले भनिन् ‘मलाई अब शल्यकृया गर्न पर्दैन मुटु स्वास्थ्य भैसक्यो भने ।’

बालिका छंदै परिवार छोडेर हिँडेकी उनी अहिले स्टाप नर्स छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कार्यरत उनी अस्पतालको बेडमा बिरामी देख्दा त्यसलाई आफु नै भनेर कल्पना गर्छिन । ‘म आफै त्यो अवस्थामा रहेको हुँदा अस्पतालको बेडमा लडिरहेको बिरामी देख्दा म आफुलाई त्यही हालतमा भएको कल्पना गर्छु उनले भनिन्, अनि बिरामीको सेवा गर्न मन लाग्छ । उनीहरुको सेवा गर्न पाउँदा आफुलाई भाग्यमानी सम्झन्छु ।’

उनले अस्पतालमा सेवा गरेर बचेको समय सडकमा भौतारिरहेकाहरुलाई लिएर आश्रममा लैजाने उनीहरुलाई नुहाइ धुवाई गरेर सफा बनाउने, दाह्री कपाल काटेर चिटिक्क पार्ने काम गर्छिन । यो काममा लागे पछि अञ्जुले आफुलाई निलसागर भनेर परिचित बनाएकी छन् । अञ्जु अहिले कोहलपुरलाई सहयोगीपेक्षा विहिन बनाउने अभियानमा छन् । ‘सडकमा भौतारिएर हिड्नेहरुलाई पनि माया चाहिन्छ , माया नपाएका कारण उनीहरु त्यस्तो अवस्थामा पुगेका हुन् उनले भनिन् उनीहरुलाई पनि मायालु ब्यवहार गर्यो भने हामीलाई हानी पुर्याउदैनन् । ’
कोहलपुर लगायत आसपासका क्षेत्रमा सडकमा मानसिक सन्तुलन गुमाएर हिडेका, आफन्त विहिन भएर हिडेकाहरुलाई संरक्षण दिने अभियानमा लागेकी अञ्जु निलसागर अहिले थुप्रै बेसहाराहरुको सहारा बनेकी छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger