स्थानीय समय अनुसार बिहान ५:३० बजे दुर्घटना भएको हो ।उनीहरुकाे पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । ‘मेरो टाउकोमा सामान्य चोट लागेको छ,’ दुर्घटनामा घाइते भएका दाङका सागर मगरले भने, ‘अहिले उपचार भइरहेको छ ।’
घाइतेमध्ये अधिकांशको टाउको, हात र खु्ट्टामा चोट लागेको उनले बताए । घटनाका प्रत्यक्षदर्शी झापाका सागर उप्रेतीका अनुसार घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियाे ।‘म तरकारी किन्न जाँदै थिए । साथीहरु दुर्घटनामा परेर सडक छेउमा लडिराख्नुभएछ । केही मात्रै गम्भीर घाइते भएको देखिन्छ । अरु सामान्य घाइते देखिए,’ उप्रेतीले भने ।
प्लेकसस् अमेरिकी कम्पनी हो । विद्युतीय सामान उत्पादन गर्ने यो कम्पनीमा नेपाली मात्रै एकहजार भन्दा बढी कार्यरत छन् । उनीहरुले ओभरटाइससहित झन्डै १७ सय रिंगेटसम्म कमाउने गरेका छन् । ‘कम्पनीमा अरु खालको समस्या त खास छैन,’ उनले भने, ‘यही डिउटी जानआउने बेला अलि डर हुन्छ ।’
Post a Comment