Latest Updates :

श्रीमतीले मोवाइलको पासवर्ड सोधिन् श्रीमानले बताएनन्, त्यसपछि जे भयो


SHARE THIS POST :
इण्डोनेशियामा एक महिलाले श्रीमानसँग झगडा गरेपछि पेट्रोल खन्याएर श्रीमानलाई जिउँदै जलाइदिएकी छिन् । श्रीमानले मोवाइलको पासवर्ड नबताएपछि यी दुईको झगडा भएको थियो । झगडा यतिसम्म बढ्यो कि ती व्यक्तिको ज्यान गयो । पत्नीले जब पतिसँग मोवाइलको पासवर्ड सोधिन्, पतिले बताउन अस्वीकार गरे । त्यसपछि यी दुईबीच मारपीट सुरु भयो । झगडा यति बढ्यो कि पत्नीले पतिलाई जिउँदै जलाइदिइन् ।

घटना इण्डोनेशियाको पूर्वी क्षेत्र लोम्बोकको हो । यहाँ २६ वर्षका देदी पुरनामा नामका व्यक्ति घरको छतमा सफाइको काम गर्दै थिए । यही बेला उनकी पत्नी इल्हाम काहानीले उनीसँग उनको मोवाइलको पासवर्ड सोधिन् । देदीले पासवर्ड बताउन अस्वीकार गरे । त्यसपछि ती दुईबीच झगडा सुरु भयो । देदी रिसाउँदै छतबाट तल आए, झगडा झनै बढ्यो । त्यसपछि ती दुईबीच मारपीट सुरु भयो ।

ती दुईबीच झगडा यति बढ्यो कि देदीकी पत्नी इल्हामले पेट्रोल ल्याएर पतिको शरीरमा खन्याइन् र लाइटरले आगो लगाइदिइन् । घरबाट आगोको लप्का निस्किरहेको देखेपछि छिमेकमा बस्ने उक व्यक्ति दौडिँदै आए र आगो निभाएर देदीलाई अस्पताल पुर्याए । देदीको शरीर पूरै जलेको थियो र शरीरको बाहिरी भागमा गहिरो घाउहरु भएका थिए । अस्पतालमा दुई दिनसम्म उपचार हुँदा पनि उनको हालतमा सुधार आएन र अन्ततः उनले प्राण त्यागे । श्रीमतीलाई प्रहरीले हिरासतमा लिएको छ र उनीविरुद्ध हत्या अभियोगमा मुद्दा चलाइएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger