नेपालमा रहेका र रेकर्ड बनाउने सबै होचा व्यक्तिको निधन भइसकेको छ । प्रमुख पराजुलीले भन्नुभयो, “प्रकाश नेपालका होचा व्यक्ति नहुन पनि सक्छन्, हुन पनि सक्छन् तर, यस्ता व्यक्तिलाई प्रोत्साहन गर्नु महानगरपालिकाको कर्तव्य ठानेका छौँ ।” पराजुलीले प्रकाश होचा प्रमाणित भएको अवस्थामा विराटनगरका लागि गौरवको विषय हुने बताउनुभयो ।
नागरिकता प्राप्त गरिसकेका प्रकाशलाई हालै मात्र विराटनगर–१९ वडाका अध्यक्ष बद्रीनारायण सरदारको सहयोगमा भत्ताबापत मासिक रु दुई हजार दिने गरी रातो कार्ड बनाइएको छ ।“मैले धेरै ठाउँमा सोधखोज गरेँ तर, प्रकाशको उचाइजस्तो नेपाली नरहेको जानकारी पाएको छु ,” वडाध्यक्ष सरदारले भननुभयो ।
संसारकै होचा चन्द्रबहादुर डाँगी २२ इन्चका हुनुहुन्थ्यो । उहाँको निधन भइसकेको छ । खगेन्द्र थापामगर (पोखरा) उचाई २ फिट २६ इन्च थियो । संसारकै होचा कलाकार काठमाडौँका दीपेनको उचाइ ३१ इन्च थियो । उहाँको केही महिनाअघि निधन भएको थियो । “नेपालमा सबैभन्दा होचा व्यक्तिबारे सम्पूर्ण तथ्यांक लिएर हामी प्रकाशको पक्षमा केही गर्छौं”, प्रमुख पराजुलीले भन्नुभयो ।
Post a Comment