हो, मानसिक सन्तुलन गुमाएपछि खोटाङको छितापोखरीकी ३३ वर्षीया रमिला तामाङले दुई वर्षसम्म खोरमा थुनिएपछि अन्ततः जीवनको नयाँ अध्याय प्रारम्भ गर्ने भएकी छिन् ।
रमिलालाई दिप्रुङ चुइचुमा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्दार गरी उपचारमा पठाएका छन् । मानसिक सन्तुलन गुमाएकी रमिलालाई मंगलबार खर्चसहित गाउँपालिकाको रोहबरमा उपचारका लागि काठमाडौँ लगिएको छ ।
यसअघि रमिलालाई उपचारका लागि धरान लगिएपनि उपचार हुन नसकेपछि छितापोखरीका स्थानीयले उनलाई खोर बनाएर थुनेका थिए । ३३ वर्षीया रमिलालाई चारैतिर जालीले घेरेर काठको खोरमा थुनिएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मंगलबार गाउँपालिका अध्यक्ष राई प्रहरी र सञ्चारकर्मीसहित उद्दारमा पुगेका थिए ।
मानसिक सन्तुलन गुमाएपछि रमिलाले गाउँमा बद्मासी गर्न थालेकाले थुनिएको स्थानीयले अध्यक्ष राईलाई बताएका छन् । उनका श्रीमान् गाउँमै कृषि पेशा गरिरहेका छन् । उनका एक छोरी र एक छोरा छन् ।
उपचारका लागि राजधानी लैजान आर्थिक सहयोग
मानसिक सन्तुलन गुमाएकी छितापोखरीकी रमिला तामाङलाई उपचारका लागि दश हजार आर्थिक सहयोग गरिएको छ । मंगलबार बिहान गाउँपालिका प्रमुख भुपेन्द्र राईको नेतृत्वमा उद्धारगरी थप उपचार गराउन राजधानी लैजानका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।
उद्धार पश्चात परिवारसहित उनी दिक्तेलमा आईपुगेका छन् । बुधबार (भोली) उनलाई उपचार गराउन राजधानी लगिने भएको छ । उपचारमा लाग्ने खर्च व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने बताईएको छ ।
Post a Comment