Latest Updates :

दर्दनाक घटना जो मरेर पनि बच्चा जन्माउन ४ महिनासम्म बाँचिन


SHARE THIS POST :
 यहाँ तस्वीरमा रहेकी महिला अब यो संसारमा छैनन्। तर उनको कथा सुन्ने जो कोहीका पनि आँखा नरसाई रहन सक्दैनन्। आमाको ममताका कतिपय कथाहरु सुन्छौं हामी । तर यहाँ यी आमाले भने मरिसकेर पनि जुम्ल्याहा छोराछोरी जन्माइन । अर्को शब्दमा भन्दा, सन्तान जन्माउनका लागि मात्रै ४ महिना बाँचिन उनी।

डाक्टरहरुले त उनी ४ महिना अघि नै मरिसकेको घोषणा गरेका थिए। तर गर्भवती थिइन उनी, मरेकी थिइन, साँस मात्रै छोडिनन्। बच्चा जन्माइन र छोडेर गइन यो संसार। गर्भवती भएको बेला ब्राजिलकी सिल्भा पेडिल्हालाई मष्तिष्कघात भएको थियो । यही कारण चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरे । त्यतिखेर उनको पेटमा नौ हप्ताको गर्भ थियो। मष्तिष्कघातपछि अस्पताल लगेर जाँदा डाक्टरहरुले गर्भमा रहेका बच्चाहरु बाँच्ने कुनै सम्भावना नरहेको बताएका थिए । उनीहरुले आमाको समेत ब्रेन डेड अर्थात् मष्तिष्कले पुरै काम गर्न छोडेको अवस्था भएको घोषणा गरे।

तर उनका श्रीमानलाई श्रीमती मृत भएकोमा विश्वास थिएन। मष्तिष्क मृत भएपनि श्वास चलिरहेको भन्दै उनले फेरी जाँच गर्न अनुरोध गरे। डाक्टरहरुले दोश्रोपल्ट जाँच गर्दा उनको शरीरका केही अंगले काम गरिरहेको र गर्भका शिशुहरुको पनि मुटुको चाल बाँकी नै रहेको थाहा भयो। त्यसपछि सिल्भाका श्रीमान म्यूरेलले उनलाई तत्काल नै सेनहोरा डो रोकियो अस्पतालमा भर्ना गरे। आमाको मष्तिष्क मृत्यु भएपनि गर्भमा रहेका शिशुहरुलाई जिउँदो राख्न डाक्टरहरुले मशिनको मद्दतले सिल्भालाई जिवित राख्ने निर्णय गरे। उपचारका साथै अस्पतालका स्टाफहरु पालैपालो आमाछेऊ गएर उनको पेट मुसार्ने गर्थे । नजन्मिएका बच्चाहरुसँग कुरापनि गर्थे।

करिब १ सय २३ दिनसम्म यही क्रम निरन्तर चलिरह्यो । ९ महिना पुरा भएपछि डाक्टरले अप्रेशन गरेर जुम्ल्याहा बच्चा जन्माउन सहयोग गरे । तर बच्चाहरु जन्मेको खुशी आमाले अनुभूति गर्न सकिनन् । उनी सम्पूर्ण रुपमा मृत भइसकेकी थिइन ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger