Latest Updates :

पहिलोपटक क्यामेरकै अघि रवी लामिछाने यसरि जंगिए, ल्याए सबैलाई चकित पार्ने यस्तो रिपोर्ट (भिडियोसहित)


SHARE THIS POST :
 लागु औषधमा फसेका आफ्नै छोरालाई नयाँ जीवन दिन ट्रान्सफरमेशन नेपाल नामक सुधार गृहमा राखेकी विराटनगरकी (नाम परिवर्तित) सुनिता भट्टले छोरालाई रमेश भट्ट नयाँ जीवन पाउने आशामा सुधार गृहको फोन नम्बर मन्दिरका नाममा सेभ गरेकी थिइन् ।

१८ महिनादेखि सुधार गृहमा रहेको छोरालाई पटक पटक भेट्न आउँदा सञ्चालकले अहिले सुधार हुने प्रक्रियामा रहेकाले भेट्न नमिल्ने भन्दै सिसी क्यामेरा ध्यान गरेको देखाएर विदा गर्थे । यो अवधिमा झण्डै ५ लाख बढी शुल्क बुझाइसक्दा छोरा सुध्रिएर फर्किने बेला सुधार गृहबाट भागेको छोराले गुहार माग्दै आमालाई फोन गर्दा उनी छाँगाबाट खसिन् । सुधार गृहमा आँफुले चरम यातना पाएपछि मध्यरातमा ताला फोडेर भागेको छोराले आफुमाथि भएको अत्याचार सुनाएपछि उनकी आमा छाङ्गाबाट खसेजस्तै भईन् ।

गृहको हर्कत सुनाइरहँदा उनीसँगै भागेको अन्य १२ जनाको पीडा उस्तै थियो । भाग्न नसकेका अन्य २१ जनाको भविष्य सम्झिएर सुधार केन्द्रबाट भागेका उनीहरु हाम्रो कार्यालयमा आए । भर्खर १७ वर्ष लागेका देखि विशेषज्ञ चिकित्सकसम्म रहेका उनीहरुले सुधार गृह भित्र भोगेका यातना सुनाउँदा कुनै क्रुर सिनेमाका निर्देशकले पनि कल्पना गर्न नसक्ने जस्तो लाग्ने थियो । तर उनीहरुले त्यही भोगेका थिए ।

११ कक्षामा पढ्दै गर्दा दूव्र्यशनीमा फसेका रमेश भट्टले सुधार केन्द्र जाँदाको दिनदेखि नै यातना पाउन थाले । सञ्चालकले तोकेको समय बाहेक दिशा पिशाब गर्न समेत बन्देज लगाएका थिए । तोकेको समय सीमासम्म रोक्न नसक्दा उनलाई आफ्नै पिशाब चाट्न समेत बाध्य पारियो ।

कोठा भित्रै बट्टामा पिशाब फेर्नेु पर्ने, सानो गल्ती भए त्यही हात डुबाउनु पर्ने यातना त उनीहरुले दिनहुँ भोग्थे । सुधार गृह बाहिरबाट हेर्दा सबैलाई चिटिक्क थियो तर भित्र नारकीय जिवन बिताइरहेकाहरुको अनुभव कल्पना बाहिरको थियो । २० वर्षका दिपक वलीलाई सुधार गृहकै एक कर्मचारीले निरन्तर यौन शोषण गर्न थाले । जस कारण अहिले पनि उनी विक्षिप्त छन् ।

सुधार केन्द्रमा दैनिक हुने शारीरिक यातनाले काठमाडौंका २२ वर्षीय अविनाशको दाहिने खुट्टा सुन्निएको छ । १० महिना सुधार गृहमा रहँदा एक दिन पनि उनले कुनै चिकित्सक भेट्न पाएनन् ।
उनीहरुका परिवार भेट्न आउँदा सिसी क्यामेरामा छोरा पढेर बसेको देख्थे, चाडवाडमा रमाएका तस्वीरहरु सञ्चालकले पठाइदिन्थे । छोरा सुध्रिएको सोच्दै सुधार गृहलाई धन्य मान्दै परिवार खुशी भइरहेको बेला यता छोराको फोटो सेसन सकिएको हुन्थ्यो र पुन बन्द कोठामा कैद हुन्थे ।

टेवुलमा राम्रो खानेकुरा राखेर लाईन लगाई फोटो खिचेर उनीहरुका परिवारलाई पठाइन्थ्यो । कतिसम्म भने दशैको जमरा पनि एउटा व्यक्तिको निकालेर अर्कालाई लगाईदिने गरेको पीडितहरु बाताउछन् । अभिभावक पुग्दा समेत पहिले नै सबैलाई सजग गराएर ध्यान गरेको, किताब समाएर पढ्न बसेको नाटक गराएर सिसी क्यामेरा मार्फत छुट्टै कोठाको टिभीमा देखाईन्थ्यो ।

त्यतिखेर कसैले फरक ब्यवहार गरेमा क्यामेरा अफ गरेर अभिवावक फर्किएपछि बेहोस नहुल्जेलसम्म पाइपले कुट्ने गरेको पीडितहरु बताउछन् । उनीहरुको यो अनुभव सुनेपछि हामीलाई सुधार गृहको वास्तविकता बुझ्न तर्फ लाग्यौँ । हामीले जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी परिसर काठमाडौसँग समन्वय गराँै ।

सुधार गृहबाट भागेका युवा, उनीहरुका अभिवावकसहित महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीको नेतृत्वमा परिचालित टोली र हाम्रो टिम काठमाडौंको सुकेधारमा रहेको ट्रान्सफरमेशन नेपाल नामक सुधार गृहमा पुग्याँै । हामी पुग्दा सुधार गृहको वातावरण यस्तौ बन्यो । कोही झ्यालबाटै रवि सर बचाउनुहोस्, भन्दै थिए भने कोही पिसाब फेर्न भनि शौचालय तर्फ दौडिरहेका थिए ।

यहाँ त सुरक्षार्थ खटिएका गार्ड समेत ताल्चा मारिएको बन्द कोठामा थुनिएका थिए । बाहिरबाट हेर्दा सुधार गृहको कुनै छनक थिएन् । जब सुधार गृह सञ्चालक रुपन्देही स्थायी ठेगाना भएका सन्तोष घिमिरे उपस्थित भए । बन्दी बनेका देखि भागेका सबैको आक्रोश उनी माथि पोखियो । उनिहरुले लगाएका आरोप सुन्न नसकिने थिए । र सञ्चालक घिमिरे निकै हडबडीमा थिए ।

सञ्चालक, स्थानीय जनप्रतिनिधिसहित प्रहरी र हाम्रो टिमले सुधार गृहका कोठा कोठा चहा¥यौँ । सबै कोठा पिशाब गन्हाएर बस्न नसकिने थियो । कारण उनीहरु पिसाब फेर्न शौचालय जान पाउने थिएन् । उनीहरुलाई कोठामै राखिएका डब्बामा पिसाव फेर्नु पथ्र्यो ।

सुधारगृहमा रहेका धेरैले त सञ्चालकले पछि कुट्छन् भनि हामीसँग बोल्न डराइरहेका थिए । लागु औषध दुब्र्यशनका कारण सुधार गृहमा पुगेका उनीहरु विभिन्न रोगका शिकार भएका थिए ।
४ वर्षदेखि बन्द कोठामा थुनिएका बृद्ध व्यक्तिहरु पनि त्यही थिए । पाइल्स भएर रगतको आहाल हुँदा समेत उपचार नपाए छटपटिएका उनिहरुको पीडा हृदय विदारक थियो ।

तर यसका सञ्चालक सन्तोष घिमिरे यो मान्न तयार थिएनन् । आफ्नो सुधार केन्द्र मापदण्ड अनुरुप नै चलेको गृह मन्त्रालयले अनुगमन गरेर प्रमाण पत्र दिएको दाबी गर्दै थिए । तर सुधार केन्द्रको वातावरण र पीडितको अनुभवले त्यो देखाएका थिएन ।

सञ्चालकले स्विकार नगरे पनि सुधार केन्द्रका इन्चार्ज समिप मल्लले अमानविय घटना भएको यसरी स्वीकार गरेका छन् । टोलीले छापा मार्दै गर्दा सञ्चालक घिमिरेले कोही व्यक्तिलाई फोन गर्दै कुरा मिलाइदिन लगाउँदै थिए ।

उनले पटक पटक सुधार केन्द्र ठीक ठाक चलेको सबै परिवारलाई भेट्न दिएको दाबी गरे पनि अभिभावका अघि बोल्न सकेनन् र अन्तमा कर्मचारीले केही गल्ती गरेको हुन सक्ने भन्दै गल्ती स्वीकार गरे ।

यस लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सञ्चालक सन्तोष घिमिरे र इन्चार्ज समिप मल्ललाई नियन्त्रणमा लियो । साथै सुधार गृहका अन्य सबै व्यक्तिलाई उद्धार गरी उनिहरुको परिवारलाई जिम्मा लगाइएको छ ।

उद्धार भएपछि ४ वर्षदेखि बन्द कोठामा थुनिएका उनले पहिलो पटक बाहिरको उज्यालो देखेको भन्दै हर्षित थिए । उनीहरु सबैको एउटै प्रेरण थियो कि आफ्नो गल्तीको कारण सुधार गृहमा पुगे पनि अमानविय हर्कत गर्ने सञ्चालकलाई कारवाही होस् ।

अच्चम लाग्दो कुरा त के छ भने केही दिन अघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गएको अनुगमन टोलीले अनुगमन गर्दा सब ठीक ठाक रहेको प्रशासन कार्यालयका कर्मचारी बताउँछन् ।

तर स्यमं सुधार गृहका कर्मचारीले चिकित्सक नआउने, मनोविश्लेषक, परामर्शदाता नभएको स्वीकार गर्छन् ।

तर सुधार गृह कम्पनी रजिष्टरको कार्यालय बाहेक सरोकार राख्नै अन्य कुनै पनि निकायबाट अनुमति नलिएको तथा दर्ता नभएको पाइएको छ । यो अनुगमनमा खटिएका प्रशासनका कर्मचारीले पनि स्वीकार गर्छन् ।

अनुमगन टोलीले कानुन सवाद नभएको भनि जिल्ला प्रसासन कार्यालयलाई असोज ८ गते प्रतिवेदन पनि बुझाएको रहेछ । तर यसपछि न जिल्ला प्रसासन कार्यालयका कोही कर्मचारी फर्किएर गएनन् । जिल्ला प्रसासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी प्रशासनका तर्फबाट कमजोरी भएको स्वीकार गर्छन् ।

सुधार गृहका सञ्चालकलाई अमानविय व्यवहारमा मुद्धामा ५ वर्षसम्म जेल सजाँए र ५० हजार रुपैयाँ जरीवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ । प्रहरीले अहिले सञ्चालक सन्तोष घिमिरे, इन्जार्च समिप मल्ल र पूर्व कर्मचारी सुदीप ढुङ्गानालाई अदालतबाट म्याद थप गरी थप अनुशन्धान गरिरहेको छ ।

उपत्यका भित्रका केही सुधार गृहको अवस्था यस्तै रहेको सुचना हामीलाई प्राप्त भएको छ । परिवारले लागू औषध दुव्र्यशन मुक्त गराउन जिम्मा लगाएका व्यक्तिलाई यसरी यातना दिने ठाउँलाई सुधार केन्द्र भन्न मिल्दैन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger