आर्थिक संकलन जुटाएरै निमुखा नेपालीको समाज सेवामा क्रियाशील रहेका सीताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, नायिका श्वेता खड्का, गायिका अञ्जु पन्त, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, कुमार कट्टेल अग्रपंक्तिमा पर्छन् ।काभ्रे, सिन्धुपाल्चोक, महोत्तरी र रौतहटमा एकीकृत नमुना बस्ती धुर्मुस सुन्तली फाउन्डेसनले बसाइसकेका छन् । करिब २० करोडमाथिको लगानी जुटाएर एकीकृत नमुना बस्ती धुर्मुस सुन्तली फाउन्डेसनलेआवास व्यवस्था गरेको हो । त्यस्तै नायिका श्वेता खड्का पनि यतिखेर नमुना बस्ती निर्माणमा जुटिरहेकी छन् । उनले सिन्धुपाल्चोकको माझीबस्तीमा सुविधा सम्पन्न एकीकृत बस्ती बनाइरहेकी छन् ।
यसैक्रममा गत वर्ष भदौ २७ गते राति टोल पूर्वको जिल्लाको पटेर्वासुगौली गाउँपालिका–४ स्थित मोर टोलमा भलुवाई खोलाको भेल गाउँ पसेर ध्वस्त बनाएको उक्त टोलमा अन्जु पन्त फाउन्डेसनले एकीकृत बस्ती निर्माण गर्ने भएको छ । स्थानीयको पीडा बुझ्न गत साता मोर टोल पुगेको गायिका पन्तसहित फाउन्डेसनका पदाधिकारीहरूको टोलीले यहाँ एकीकृत बस्ती निर्माणको निर्णय गरेको हो ।करिब चार सय जनसंख्या रहेको गाउँमा बिन, पासवान, तत्मा, थारू, मुस्लिम आदिको बसोबास छ । कृषि मजदुरी स्थानीयको मुख्य पेसा हो ।
Post a Comment