सरकारले शारीरिक सुगठनलाई सरकारले बास्ता नगर्दा दुख लागेको उनले बताए । उनले थाइल्याण्डको चाङमईमा भएको १० आँै विश्व च्याम्पियनसीपमा उनले स्वर्ण पदक जितेका थिए ।
उनलाई गत मंगलबार नेपाल फर्किएका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका पदाधिकारीले भव्य स्वागत गरेका थिए ।
पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको प्रतिक्रिया दिए । ‘विदेशी भूमिमा एक्लो भएर हर्षका आँशु आएको थियो’ पदक जिते लगत्तै हर्षित मुद्रामा आँशु बगाएका महर्जनले विमानस्थलमा सञ्चारकर्मीसँग भने ।
यही पुस १ गते थाइल्याण्डमा सम्पन्न बल्र्ड बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसीपमा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।
विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जितका थिए । च्याम्पियनसीपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन ।
Post a Comment