Latest Updates :

प्रहरीबाट फुत्केर भाग्दा त्रिशूलीमा खसेपछि


SHARE THIS POST :
 प्रहरीले पक्राउ गरेपछि त्रिशूली नदीमा खसेका एक युवकको खोजी गर्न एकसय सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

बुधबार चोरीको आरोपमा पक्राउ परेका रसुवाको उत्तरगया गाँउपालिका–२ का मैते तामाङ भाग्न खोज्दा त्रिशूलीमा खसेका थिए । रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको आरोपमा १९ वर्षीय मैतेसहित प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।

उनीसँगै उत्तरगया–२ का कोमल तामाङ, विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो ।

चारै जनालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउदै गर्दा किस्पाङ–५ स्थित पैरेबेँसीमा शौच गर्ने बहाना मैते भागेको डिएसपि भीमलाल भट्टराईले बताए । उनका अनुसार, भाग्ने क्रममा मैत त्रिशूली नदीमा खसेका हुन् ।

बुधबार अपराह्न नदीमा खसेका उनी वेपत्ता छन् । अबेर रातीसम्म खोजी गरिएपनि भेटाउन सकिएको छैन । उनको खोजीमा बिहीबार बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित १०० जनाको टोली पेरैबेँसीस्थित त्रिशूली नदीमा परिचालन गरिएको छ ।

उनी वेपत्ता भएपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् । उनीहरुले बुधबार साँझ मैलुङ प्रहरी चौकीमा तोडफोड समेत गरेका छन् । स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउन्ड हवाइफायर समेत गरेको थियो ।

विवाद साम्य पार्न किस्पाङ गाउँपालिकाले पनि सरोकारवालाहरुको बैठक बोलाएको छ । आज सबै पक्षबीच छलफल हुने गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले बताए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger