Latest Updates :

काँकडभिट्टाबाट बुटवलका लागि छुटेको दुर्घटना


SHARE THIS POST :
कावासोती। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–¬(१४ मा आज बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो। बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर धोवीको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका २५ मध्ये चारको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए। उनका अनुसार घाइते दुईको भरतपुर, दुईको बुटवल र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। करीब ३५ जना यात्रु सवार रहेको बस सडकदेखि २५ मिटर तल खसेको थियो। रासस

वाशिङ्टन। कुकुरलाई सबैभन्दा वफादार जनावर मानिन्छ तर अमेरिकाको एक कुकुरले यो कुरालाई गलत साबित गरिदिएको छ । न्यू मेक्सिकोको एक कुकुरले आफ्ना मालिकलाई खोज्दै १ सय किलोमिटरसम्म यात्रा गर्यो र भेट्नासाथ मालिकलाई टोक्यो । कुकुरले आफ्नो मालिकलाई टोक्नुको कारण थाहा पाउँदा तपाइँ दंग पर्नुहुनेछ । कुकुरले मालिकलाई खोज्दै ९ दिनमा सय किलोमिटर यात्रा गरेको थियो । कुकुरका मालिकको नाम सेन्टियागो मार्टनिज बताइएको छ । यी व्यक्ति हरेक वर्ष विदा मनाउन अल्बुकर्क जान्थे । कुकुर सानो हुँदासम्म सेन्टयागोले कुकुरलाई पनि आफैंसँग लिएर जान्थे । तर, यसपटक सेन्टियागोले कुकुरलाई घरमै छाडेर आफू मात्र विदा मनाउन गएका थिए । सेन्टियागोले सपनामा पनि सोचेका थिएनन् कि उनको कुकुरले उलाई यो कुराको सजाय दिनेछ । उनले यो पनि सोचेका थिएनन् कि उनको कुकुर उनलाई खोज्दै त्यहाँसम्म आउनेछ जहाँ उनी समुद्र किनारमा विदा मनाइरहेका थिए । सेन्टियागो आफ्नो कुकुरलाई देखेर चकित परेका थिए । सेन्टियागोले कुकुरलाई अंगमाल गर्ने कोसिस गरे तर कुकुर निकै रिसाएको थियो । अंकमाल गर्नासाथ कुकुरले सेन्टियागोलाई टोक्यो । त्यसपछि भने आश्चर्यजनक रुपमा ऊ सेन्टियागोको वरिपरि घुम्दै उनलाई चाट्न थाल्यो ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger