उक्त समूहले होटललाई २० घण्टासम्म कब्जामा लिएका थिए । विस्फोटक पदार्थ बोकेका एक आत्मघाती आक्रमणकारी होटलमा छिरेपछि बन्दुकधारीले गोली प्रहार गर्न सुरु गरेका थिए । राष्ट्रपति उहुरु केन्याताले दुसित कम्प्लेक्स (होटल भवन) को सुरक्षा कारबाही सफल भएको र त्यहाँ फसेका करिब ७ सय व्यक्तिलाई उद्धार गरिएको जानकारी दिए ।
राष्ट्रपतिले जानकारी दिने क्रममा गोली प्रहार र विस्फोटका आवाज सुनिएका थिए । उक्त घटनामा मारिने एक अमेरिकी र एक बेलायतीको पहिचान भएको छ । होटलमा फसेका केही व्यक्ति स्थानीय समयअनुसार बिहान साढे ३ बजे बिहान भाग्न सफल भएको जनाइएको छ । केन्या रेडक्रसले घाइतेका लागि रक्तदान गर्न आह्वान गरको छ ।
Post a Comment