जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की सीमा शर्मा र उनकी २ वर्षीया छोरी गौरीको रहस्यमय मृत्यु भएको हो ।
सीमाको माइती पक्षले दाइजोका कारण विष खुवाएर छोरी र नातिनीको हत्या गरेको आरोप लगाएको छ । श्रीमती र छोरीको मृत्यु भएपछि सीमाका श्रीमान समीर मिश्र फरार रहेका छन । समीर फरार हुनुले घटनालाई थप रहस्यमय बनाएको छ ।
पहिलेदेखि नै दाइजोका कारण समीरले सीमालाई दुःख दिने गरेको माइती पक्षको भनाइ रहेको छ । सीमा र छोरीको विषसेवनबाट मृत्यु भएको खुलेको छ । सीमाको गत मंगलबार र छोरीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपेन्द्र शाहीले जानकारी दिएका छन् ।
समीर फरार भएपछि प्रहरीले सीमाकी सासु किरण मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनुषाको प्रहरी उपरीक्षक गोबिन्द थपलियाले बताए ।
Post a Comment