न्यायाधीश लोकजंश शाहको एकल इजलासले मुलुकी अपराध संहिता २०७४ अनुसार सजाय तोकेको जिल्ला अदालतका श्रेस्तेदार डिल्लीराज शर्मा अर्यालले बताउनुभयो । गएको असोज २० गते राति सवा १० बजे प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान हाल बासगढी नगरपालिका–८, बर्दियाका (साविक दउडाकल गाविस–५ का २२ वर्षीय भरत वलीले महिला प्रहरीलाई जबर्जस्ती करणीको प्रयास गरेका थिए ।
तौलिहवा बसबार्क क्षेत्रमा डेरामा बस्दै आएकी ३१ वर्षीया महिला प्रहरी अफिसपछि आफनो कोठाको नलमा पानी चलाएर कोठामा जाने क्रममा वलीले ती महिला प्रहरीलाई समातेर जबजस्ती कोठामा लगी करणी गर्न खोजेपछि महिला प्रहरीले प्रतिकार गरेकी थिइन् ।घटनालगत्तै पीडक प्रहरी जवान वलीलाई निलम्बन गरी आन्तरिक अनुसन्धानपछि जबर्जस्ती करणी मुद्धा दर्ता गरी प्रक्रियाअघि बढाइएको प्रहरी नायव उपरीक्षक रावलले बताउनुभयो ।
Post a Comment