Latest Updates :

४ वर्षकी छोरी लिएर श्रीमानको शव बुझ्न विमानस्थल आइपुगेकी यी श्रीमती (भिडियो सहित)


SHARE THIS POST :
मलेसियाको सेलेङ्गरमा विषाक्त रक्सी खाँदा ज्यान गुमाएका नवलपरासीका दुर्गा सिंह रानाको शव थाइ एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिदियो । त्यसबेला शव बुझ्न विमानस्थलमा कोही पुगेका थिएनन् । जतिबेला दुर्गाको शव बोकेको जहाज विमानस्थलमा अवतरण गरेको थियो, त्यसबेला आफन्त भने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पशुपति आर्यघाटसम्म शव पुर्‍याइदिने गाडीका लागि निवेदन गर्दै थिए । अलिनो खाएर बुधबार मध्यरातमा काठमाडौं हिँडेका दुर्गाका परिवार र आफन्त बिहान अबेर मात्रै काठमाडौं आइपुगे । धार्के-कलंकीको जामले उनीहरुलाई अल्मल्याइदियो ।

मलेसियाबाट ठेगानको खबर नआएपछि उनीहरु रातसाँझ नभनी काठमाडौं आएका थिए । नवलपरासीको देउराली ८ बाट रातारात गरेर काठमाडौं आइपुगेका आफन्त बिहीबार पौने एक बजे विमानस्थलमा भेटिँदा उनीहरुले शव पाएका थिएनन् । दुर्गा सिंहकी श्रीमती हेममती राना आफन्तको सहयोगमा ४ वर्षकी छोरी काखी च्यापेर विमानस्थल पुग्नु भएको थियो। विमानस्थलमा खुशी लिएर फर्किनेको भिडभाडै छ । खुशी खोज्दै परदेश हिँडेकाहरु परिवारसँग विदा मागिरहेका थिए । त्यही भिडमा हुनुहुन्थ्यो हेममती र उहाँको आफन्त । एक घण्टा अघि नै आइसकेको श्रीमानको शव बुझ्न २७ वर्षिया हेममती आफन्तको साथ लागेर भन्सार तर्फ लाग्नुभयो ।

थाकेका आँखा । रुँदा रुँदा आँशु रित्तिएका झैं लाग्थ्यो । पतिको शव बुझ्न हेममती आफन्तको पछिपछि भन्सार भित्र छिर्नुभयो । शव बुझ्न भन्सारको काम सकेर हेममती र आफन्त तीनकुनेमा रहेको कार्गो तिर लागे । दिउँसो २ बजेतिर कार्गोमा भिडभाड छ । कर्मचारीको खाजा खाने समय भएकाले मानिसहरु यताउता भैतारिदिँदै छन् । खाजा खाएर कर्मचारी फर्किए । हेममतीले शव बुझ्न सही गर्नुभयो । र कागजपत्र मिलाएर शव निकालियो । सेतो कपडाले बेरेको लामो बाकस । बाकसमा हेममती र दुर्गा सिंहको नाम । शववाहन तयार थियो । बाकस गाडीमा राखेपछि पशुपति तिर गाडी हुँइकियो । अगाडि सिटमा बसेकी हेममतीले श्रीमानको शव राखिएको बाकसतिर फर्किएर हेर्नुभयो । र पशुपति आर्यघाट परिसरमा रहेको विद्युतीय शव दाह गृहमा दुर्गा सिंहको शव दाहसंस्कार गरियो । बाँकि भिडियो तल हेर्नुहोस !

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger